भट्टराईले दिए हारमोनियम र ढोलक

बिर्तामोड, १२ साउनः गुरु पूर्णिमाको अवसर पारेर पतञ्जली योग नगर समिति बिर्तामोडले १० जना गुरुलाई सम्मान गरेको छ । शुक्रबार चारपानेको साङ्गवेद संस्कृत विद्यालयमा एक कार्यक्रमको आयोजना गरी समितिले योग गुरु र संस्कृत अध्यापन गराउने गुरुलाई ढाकाको टोपी र दोसलाले सम्मान गरेको हो । 
यसै अवसरमा बिर्तामोड नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले पतञ्जली योग नगर समिति बिर्तामोडलाई हारमोनियम र ढोलक हस्तान्तर गरेका छन् । समितिलाई विभिन्न कार्यक्रम गर्न आवश्यक पर्ने गरेको कारण उक्त सामन हस्तान्तरण गरेको भट्टराईले बताए । उनले भने, ‘योगप्रति मेरो पनि झुकाव छ त्यसैले सकेको सहयोग गरेको हुँ ।’ भट्टराई पतञ्जली योग समिति बिर्तामोडका सहशिक्षक समेत समेत रहेका छन् । 
पतञ्जली योग समिति बिर्तामोडका अध्यक्ष हेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य  साङ्गवेद संस्कृत विद्यालयका संस्थापक महासचिव आनन्द प्रासद सिग्देलले गरेका थिए । कार्यक्रममा पतञ्जली योग समिति झापाका कोषाध्यक्ष जगनाथ खनाल, सहमहामन्त्रि रुद्र ओली, सदस्य राधिका ओली लगायतको सहभागिता रहेको थियो । 
पतञ्जली योग समिति झापाका युवा सदस्य चेतन उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विरेन्द्र उदासले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता