इलामको राँके बजारमा मेची राजमार्ग हिलोआली (फोटो फिचर)


इलाम, १२ साउनः इलाम र पाँचथरको सीमानामा पर्नै व्यपारीक केन्द्र राँके बजार यतिबेला हिलोआली भएको छ । देउमाई नगरालिका १ मा पर्ने राँके बजारमा व्यवस्थित ट्याक्सि पार्किङ स्टेन बनाउन खारेको जमिनमा पहिरो गएर पानीले माटो बगाउँदा बजार क्षेत्रको मेची राजमार्गमा हिलो पसेर हिलो आलि भएको हो ।
राँके बजार क्षेत्रमा रहेको नाली पुरिए सँगै बजारको पसलमा पनि हिलो जमेको छ । स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष श्री विष्ट भन्छन् यो बजार इलामको देउमाइ नगरपालिका र पाँचथरको फल्गुनन्द गाउँपालिकामा पर्ने भएकोले दुवै स्थानीय तहले बजार व्यवस्थापनमा ध्ययन नदिंदा बजार क्षेत्र यस्तो भएको वताउनु हुन्छ ।
बजार क्षेत्रमा फोहोर फल्ने ठाउँ नभएकाले बजार फोहोर हुने गरेको सडक पेटीमा अव्यवस्थित पसलहरु सञ्चलन गर्नाले पनि यो समस्य आएको उनी वताउँछन् । यता देउमाइ नगरपालिका १ का वडा अध्यक्ष मादव वस्नेतले भने यो समस्या हामी तत्काल सामाधान गर्ने छौँ केही समयमा नै व्यवस्थित राँके बजार बानाउने छौँ ।
न्युज ट्वान्टीफोरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता