
इलाम, १२ साउनः आज विहान मेची राजर्मागको पुवाखोला नेपालटार सडक खण्डमा दुर्घटना भएको छ । पुवाखोला भन्दा माथिको घुम्तीमा दुइवटा पिकअफ एक आपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घनामा कुनै मानविय क्षति भने भएको छैन । दुर्घटना भए पछि मेचीराजर्मा केही समयको लागि बन्द भएको थियो । ट्राफिक विट टाडा भएकोले प्रहरी आइपुग्न समय लाग्ने भए पछि सडक अवरोध भएको जिल्ला ट्राफिक कर्यालय इलामका इन्चार्ज पदम राइले जानकारी दिनुभयो ।
