
इलाम, ११ साउनः इलाम नगरपालिका १० गोधक निबासी तुलसा कार्कीले आज भञ्ज्याङमा रहेको रासल बाल अनाथालयलाई दस हजार रुपयाँ सहयोग गरेकी छन् उनले एक १ बर्षमा आफुले पाउँने विधवा भत्ताको रकम सहयोग गरेको बताएकी छन् उनी हरेक बर्ष आफ्नो भत्ताको रकम बाल अनाथालय सञ्चालनका लागि सहयोग गरिरहने पनि बताइन् । उनले आज अनाथालयमा आएर सो रकम हस्तान्तरण गरेकी हुन ।