माइनगरपालिकाे धाेन्द्रे गुफा प्रचार प्रसारकाे अभावमा (फाेटाेफिचर)

इलाम, २६ असारः  माइनगरपालिका-५ इलाम हाङखिम टोल धोन्द्रे गुफा माइ नपा वडा न.५,को शिर्ष स्थान हाङ्खिम, सानो बर्दु बस्तीको बीच भागमा अबस्थित रहेको छ । यस् गुफाको अनुमानित लम्बाई ३००मि.चौडाई २०मि. मुख रहेको छ । गुफा भित्री भाग शिलामा गाईको थुन, सर्प, त्रिसुल,साथै अन्य विभिन्न किसिमका बस्तुहरुको आकृति रहेकोे छ ।
गुफा वरिपरि आकर्षक ठुला-ठुला चटान साथै यस क्षेत्रबाट विभिन्न भारत, झापा,इलाम लगायतका अति रमणीय ठाउँ साथै झुल्के घामको दृश्य समेत अवलोकन गर्न सकिन्छ । शिव चरण कमल बिन्दु धामका धर्म गुरु अ्मर दिल समालले जानकारी दिनुभए अनुसार गुफामा काली सिंह देबिको देबिस्थान साथै यसै ठाउँबाट चितानन्द गुरुले ज्ञान् हासिल गर्नु भएकालेे यस ठाउँको उचित सँरक्षण गर्नु सुझाव समेत दिनुुभयो। यस ठाउँ संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको देखिन्छ । यस्ता महत्त्वपूर्ण ठाउँको उचित संरक्षण तथा प्रचारप्रसार गर्न सके राम्रो पर्यटन पर्वद्न बिकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।
यहाका स्थानीय वासिन्दा, युवाहरू एकजुट भई समिति गठन गरि यस गुफाको संरक्षण तथा प्रचारप्रसारको काममा अग्रसर भएको माइनगरपालिकाका  समितिका अध्यक्ष एलबी तामाङले बताएका छन। यस धोन्द्रे गुफा संरक्षण तथा प्रबर्द्धनका लागि जनप्रतिनिधि माइ नपा ५, का वडा अध्यक्ष गम्बिर ब.तामाङ मोक्तानको पहलमा नगर स्तरबाट थोरै भए पनि पहिलो पटक  बजेट बिनियोजन गराउनु भएको छ । 
यो बिनियोजित रकमबाट यस क्षेत्रको संरक्षण र प्रचारप्रसारमा ठुलो सहयोग मिल्ने अपेक्षा गरिएको छ । साथसाथै आगामी आर्थिक बर्ष यस ठाउँमा झुल्के घाम दृश्य अवलोकनका लागि भ्यु टावर निर्माणका लगि वडा,नगर ,केन्द्र स्तरमा पहल गरिने त्यस् वडाका वडा अध्यक्षले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता