इलामकाे पशुपतिनगरमा गाँजा सहित बृद्ध महिला पक्राउ

इलाम, २६ असारः इलामकाे पशुपितनगरमा साेमबार साँझ एकजाना वृद्ध महिला गाँजा सहित प्रहरीले  पक्राउ गरेकाे छ ।
 साँझ साढेसात  बजेको समयमा पशुपतिनगरकाे  बागबिरे भन्ने स्थानमा  बस्ने वर्ष ७३ कि रीता रिजालले सानो सानो पोका बनाई गाँजा बिक्री गर्ने गरेको भन्ने सुचनाको आधारमा  प्रहरी टोलिले अ. १ के.जि. गाँजा निजको घर भित्र कोठामा लुकाई राखिएको अवस्थामा फेला पारी बरामद गरी महिला समेतलाई पक्राउ गरेर  इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएकाे छ  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता