वाहा ! मेराे देशकाे कानुन जहाँ महिलाकाे अस्तीत्व लुट्नेले उन्मुक्ति पाउँछ

  • मञ्जु तिम्सिना

देशमा कम्युनिस्ट को सरकार छ । टोल टोल मा कम्युनिस्टको बहुमत छ। कम्युनिस्टको हातमा तालाचाबी छ अहिले । अरु पार्टीलाई सायद यो नेकपा एमाले को भाषामा भन्नुपर्दा बत्ती बालेर खोज्नु पर्ने स्थिति छ । कानुन र नीति निर्माण गर्ने तह र तप्काका मा सबैतिर बाम्पन्थिको बाहुल्यता छ तर पनि जताततै बेचैनी नैरास्यता डर त्राश ले जिउनु परेको छ । 
अहिले घरबाट बाहिर निस्केकी महिला भरे फिर्छे कि फिर्दिन अनि काममा गएकी आमाले छोरी भेट्छेकी भेट्दिन त्यो त्रास छ । बर्तमान समयमा मा महिला कहि कतै सुरक्षित छैनन ।यहाँ कहि कतै र कसैकोपनी बिश्वास र भरोसा गर्ने स्थिती छैन । आफ्नै आमा बाट अनि आफन्त बाट नि लोभ लालच परेर या पारिएर छोरीहरु लुटिएका छ्न अरुको त के कुरा? 
सुनिन्छ निकै बिज्ञ शिक्षितहरुको मुखबाट केटीहरुले छोटो छोटो कपड़ा लागाएर बलात्कृत भएका हुन त्यसो हो भने किन लुगा लगाउन नै नजान्ने आमाको स्तनपान गरिरहेकि बालिका बलात्कारको सिकार हुन्छ्न ? के छोटो लुगा लगाउदैमा बलात्कार गर्ने छुट छ ? यहाँ पुरुष हरु छोरीको आस्मिताको रक्षा कसरी गर्ने भन्दा पनि कसरी बलात्कार गर्ने अनि यौन प्यास मेटाउने भन्ने कुदृस्टी लागाइ रहन्छ्न । 
सायद पुरुष हरुको त नजरनै आपराधि भएर हो कि सायद न जन्म दिने बाबू बाट सुरक्षाको माहसुस गर्छ्न छोरी हरु नत गुरु नत सुरक्षा दिने निकाय आखिर किन ? 
आफ्नो देशको अस्मिता को रक्षाको लागि आफ्ना देशका छोरी चेली को आस्मिताको लागि कानुन बनाउने आफुलेहो । केहि परिवर्तन हुन्छ कि केहि सुरक्षाको महसुस हुन्छ कि भनेर बामपंथीलाई जनमत दियका हुन जनताले संविधान कुनै ढुङ्गामा लेखिएको अक्षर हैन परिवर्तन गर्न नै नमिल्ने । 
कुनै पनि एउटा पुरुषले एउटी महिलालाई बालात्कार गर्नु पुर्व मैले बाच्नु पर्छ भनेर सोच्न बाद्यबनोस कि मैले बलात्कार गरेपछी कुनै धरौटीमा मा या कुनै सम्झौतामा छुट्नपाउने छैन ।
मिठा मिठा सपना बाड्दै जनताका जनमत बटुलेका नेताहरू आलिशान महलखदा र फुलकागुच्छाले पुजिदै जनता को रगत र पसिना मात्र हैन हरेक नारिको अस्मिता बेचेर आफू मोज मस्ती गरिरगरिरहेछ्न। मुहान सफा गर्न नचाहने अनि गाग्रो सफा गर्ने आफू सुध्रन नचाहने अरुलाइ जबर्जस्ति सुधार्न खोज्ने जनताका जनमत पाएर नीति निर्माण गर्ने तहमा पुगेका आफू र आफ्ना सन्तान अनि छोरी जस्तै गरिब छोरी हुन बचाउनु पर्छ जस्तो लाग्छ भने कानुन संसोधन गरि बलात्कारिलाइ फाँसी को कानुन बनाउन जरुरी देखिन्छ । 
पद पैसा र पौहुँचकाे भरमा कसैको बाच्न पाउने अधिकारको हनन गरिनु हुदैन । कुनै समय सभामुख महिला प्रधानन्यायाधीश र रास्ट्रपति महिला थिए र अहिले पनि गणतान्त्रिक मुलुकको रास्ट्रपति महिला छिन त्यस्मा पनि सर्बहाराको नेत्तृत्व गरेकी बामगठ्बन्धन्बाट । कम्तिमा पनि आफ्नो बर्ग र जाती जोगाउन त सोच्नु पर्ने हो नि ।आफू कुर्सी मोहमा परेर हरेक छोरिहरुको अस्मिता सग कतिन्जेल खेल्बाड गर्ने हो। 
। दस बर्स दुश्मन सग लडेर सत्तामा पुगेका दर्जनौं महिला हरुको पनि हरेक कृयाकलाप केही फरक देखिएन । हिजो दुस्मन्ले बन्दी बनाइ हजारौ महिला आमा दिदिबहिनी हरु चरम यातना दिदै बलात्कार गरेको बिगतलाइ सम्झेर आफू निति निर्माण गर्ने तहमा पुग्दा पनि केही गर्न नसक्नु हिजोका दुश्मन र परिवर्तनकारी कम्युनिस्टमा केहि फरक देखियन । 
आखिर फरक देखियो त राज्य र जनताको लागि भन्दापनि आफू र आफ्ना र आफन्तको स्वार्थ्को लागि जुनसुकै दलका अग्र नेताहरु जो सग पनि सम्बन्धबिस्तार अनि घाँटी जोड्न गएको । आफुहरुले खाने बेलामा सबै एक भएकै छन बस जनतालाई सुबिधा दिने बेलामा सबै हानाहान र मारामार गर्छ्न । यो देशमा पहुँचवाला पैसावालाले जे गरेपनी हुने यहाँ केहि नहुने पैसा नहुने र गुटबन्दी लाई पाल्न नसक्ने न्यायलाई पैसामा साट्न नसक्ने ले कानुन र नीति नियम लाई मान्नु परेको छ । 
यहाँ बिगतमा जस्तो अरुलाइ दोस दिएर पन्छिने मौका छैन । एकले अर्को लाई गाली गर्ने समय हैन यो सबै मिलेर देश र जनातालाइ सम्बृद्दिको बाटोतिर अघि बढ्ने बेला हो । कुन पार्टीले के गर्यो सग सरोकार छैन अहिले अब जनताको जनमत पाएका निर्बाचित साम्सद मन्त्रीहरुले के गरे र के गर्दैछ्न त्यो सरोकार को बिसय हुन्न्छ। त्यसैले जनता को जनमत जसले बटुल्यो उहीँ जिम्मेवारी बन्नु जरुरी देखिन्छ । त्यसैले यो सरकार ले गम्भीर भएर बलात्कारको घटनालाई रोक्न नयाँ कदम चाल्न जरुरि छ । कानुन सम्सोधन गर्न जरुरी देखिन्छ । 
मञ्जु  तिम्सिनाकाे फेसबुक वालबाट जस्ताकाे तस्तै
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता