खड्काले दिए माईभगवती बृद्धाश्रमलाई एक लाख नगद र धातुको मुर्ती (भिडियाे सिहित)

इलाम, २७ असारः  चियाबारी मिडिया प्रालिका अध्यक्ष एवम समाजसेवी डम्बर खड्काले इलाम नगरपालिका  १० गोदकमा रहेको माइभगवती बृद्धाश्रमलाई १ लाख नगद र उन्नाईस किलो तौल भएको धातुको मुर्ति दान गरेका छन् ।
मंगलबार इलाममा आश्रमकी अध्यक्ष विष्णु दाहाललाई  खड्काले १ लाख नगद र  धातुको मुर्ति हस्तान्तरण गरेका हुन् । नगद र मुर्ति हस्तान्तरण गर्दै खड्काले आश्रामलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले आगामी दिनमा पनि धार्मिक संस्थालाई सहयोग गर्दै जाने बताए । आश्रामकी अध्यक्षले खड्काले गरेको नगद एक लाख अश्रामको अक्षयकोषको खातामा जम्मा गर्ने बताउँदै मुर्ति दानले आफुहरुलाई थप काम गर्न हौसला मिलेको बताए । 
नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि समेत रहेका खड्काले जिल्लामा रहेका विभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असहाय अशक्त व्यक्तिहरुलाई समेत सहयोग गर्दै आएका छन् । 
भिडियाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता