
इलाम, २७ असारः इलामकाे रोङमा स्थानियबासीले ज्ञान ब. कार्कीको घर नजिक पूर्ब तर्फको कुलेसोमा साेही ठाउँ बस्ने लिलाराज राइले १०/१५ दिन अगाडी काठको टुना लुकाइ राखेको भन्ने सुनेकाे आधारमा उक्त स्थानमा प्रहरी चाैकी ईरौटारबाट प्र.स.नि. खम्ब सिंह बि.क.को टोली खटिई गई हेर्दा टाँचा नलगाएको अबस्थामा अ.४०/४० कि.बि. बराबरको सखुवा जातको काठको टुना थान-२ र १५/१५ कि.बि. बराबरको सखुवाको टुना थान-२ गरी जम्मा ४ थान सखुवा जातको काठको टुना बेवारीसे अवस्थामा फेला परेको परेकाे छ ।
लिलाराज राई तत्काल फरार रहेकोले खाेज तलस भई रहेको छ । अहिले काठ जिल्ला बन कार्यालय संग आवश्यक समन्वय गरी बुझाउने तर्फ पहल भई रहेको र उक्त काठ मे.१त. १६०० नं को ट्रयाक्टरबाट सो स्थानमा ल्याएको भन्ने बुझिएको र ट्रयाक्टर काठ बरामद स्थलबाट १०० मि.पुर्ब पट्टी बिग्रेको अवस्थामा रहेकोले आवश्यक अनुसन्धान भई रहेको जानकारी जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।