- खेमराज अधिकारी

चारो देखाई बल्छी यहाँ, थापिन्छ भित्र भित्रै
परीक्षार्थीबाटै प्रश्न पत्र, छापिन्छ भित्र भित्रै ।
चिसो चुलो चुहिने घरको सँधै पात्र उभ्याई
व्यञ्जन खादै बलेकै आगो, तापिन्छ भित्र भित्रै ।
जमिनदार, सामन्त र निसाफी काजी मिली
निमुखाको कित्तातिर हलो, चापिन्छ भित्र भित्रै ।
सुशासन र सदाचारको सँधै रामनाम जपी
तीसको महिना बत्तीस भत्ता, खापिन्छ भित्र भित्रै ।
दुरदराजका योजनामा पाइलो सम्म नराखेरै
अड्डामा नै चुस्त दुरुस्त, नापिन्छ भित्र भित्रै ।