गाडीको ठक्करबाट बालिकाको मृत्यु

जाजरकोट, ७ साउन : जाजरकोटमा गाडीको ठक्करबाट आज साँझ एक बालिकाको मृत्यु भएको छ । 
गाडीको ठक्करबाट भेरी नगरपालिका–१ रावतगाउँका पृथ्वीबहादुर रावतकी आठ वर्षीया छोरी रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ । खलंगादेखि रिम्नातर्फ गइरहेको भेरी गंगा यातायात समितिको ना ४ छ ९७२४ नम्बरको गाडीको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि जाजरकोट अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 
सवारी चालक धर्मराज बुढा र सवारी धनी विवश शाहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिनुभयो। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता