
दोलखा, ७ साउनः सरकारले बालबालिका पठनपाठन गर्नका लागि निर्माण गरिदिएको पक्की विद्यालय भबन भाडामा दिएर जस्ताको टहरामा पढ्न बाध्य भएका छन् यहाँका विद्यार्थीहरु । नेपाल सरकारको सहयोगमा भुकम्पपछि पुन निमार्ण भएको दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ मा रहेको भिम माध्यमिक विद्यालयको पक्कि भबन विद्यार्थीलाई टहरामा राखेर बैङ्कलाई दिने सम्झौता भएपछि मेलुङ गाउँपालिका वडा नम्बर ४का स्थानिय बालबालिका जस्ताको टहरामानै पठनपाठन गर्न बाध्य हुने भएका हुन् ।

विद्यालय ब्यवस्थापन समिति र विद्यालयका प्रअले विद्यालयको हालै निमार्ण समपन्न ९० लाखको पक्कि ६ कोठे भबन सानिमा विकास बैङ्कलाई मासिक १५ हजार रुपैयामा दिने निर्णय गरेपछि स्थानियहरुले बिरोध जनाएका छन् । आफ्ना बालबालिका जस्ताको टहरामा कष्टकर रुपमा बसेर पढ्नु पर्ने भएको भन्दै स्थानिय जनप्रतिनिधि देखि स्थानिय अबिभाबकहरुले समेत ब्यापक बिरोध जनाएका हुन् ।
स्थानिय जनप्रतिनिधि तथा निर्बाचित वडा सदस्य नबिन कुमार गोलेले विद्यालय प्रशासन र ब्यवस्थापन समितिले आर्थिक प्रलोभनमा परि निर्बाचित जनप्रतिनिधिलाई नै नसोधि बिद्यालय भबन बैङ्कलाई दिनु गैरकानुनी कार्य भएको र बिद्यालय भबन विद्यार्थीको पठनपाठनमा आबश्यक रहेकाले बैङ्कलाई दिने निर्णय नमान्ने बताए । स्थानिय अबिभाबक देब बहादुर गोलेले बैङ्कलाई भाडा आउने आसले बालबालिकालाई जस्ताको कटेरामा राख्नु कानुन बिपरित भएको बताए ।
गोलेले भने यो अबिभाबकले संञ्चालन गरेको सामुदायिक बिद्यालय भएकाले बिद्यालय ब्यवस्थापन समिति र प्रअले जे मन लाग्यो तेहि गर्न नपाउने बताए । यता बिद्यालय प्रअ सचिन थोकरले बिद्यालय भबनको बिकल्पमा अन्य घर नभएकाले बैङ्कलाई दिने सम्झौता गरेको र बिद्यालयलाई आम्दानी समेत हुने बताए । त्यसैगरि वडा अध्यक्ष छत्र बहादुर तमाङले आफुले बिद्यालयले सहजता महसुस गरेर हुन्छ भनेकाले बैङ्क राख्न भनेको बताए । तमाङले भने मैले बिद्यार्थीलाई टहरामा राखेर बैङ्कलाई भबन भाडामा नदिउँ भनेको तर साथिहरु मान्नु भएन, मैले सहमति जनाएपनि केहि समयका लागि मात्रै भनेको छु । आज सानिमा बैङ्कले सरकारको निति अनुशार मेलुङमा एक गाउँपालिका एक बैङ्क अन्र्तगत आफ्नो शाखा सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरेको छ । त्यस्तै भुकम्पपछि पुननिमार्णका लागि बनेको शिक्षा कार्यलय अन्र्तगतको आयोजना कार्यन्वयन ईकाई (शिक्षा)का प्रमुख गोबिन्द सेडाईले सरकारले बैङ्कलाई भाडामा दिन विद्यालय भबन निमार्ण नगरेको बताउँदै बैङ्कलाई भबन भाडामा दिने ब्यक्तिहरुलाई कारबाहि हुनुपर्ने बताए ।
भबन निमार्ण बालबालिकाको शैक्षिकस्तर सुधार र पठनपाठनमा सहजता ल्याउन भएको सेडाईले बताए । त्यसैगरि बैङ्कका म्यानेजर अर्जन सापकोटाले बैङ्कको केन्द्रिय कार्यलय र स्कुल ब्यवस्थापनले गरेको सम्झौता अनुशार आज बैङ्क उद्घाटन भएको बताए । स्कुलमा बैङ्क राख्नु हुने नहुने बारे आफुलाई थाहा नभएको र आफु कर्मचारी भएर मात्रै आएको बताए ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अम्मिका गोलेले गाउँपालिकालाई बैङ्क राख्नु पर्ने भएको अन्यत्र उपयुक्त घर नपाएकाले स्कुलको भबन भाडामा दिएको बताए । अध्यक्ष गोलेले बैङ्कले जनतालाई नै सहजता हुने र विद्यालयमा बालबालिकाको पठनपाठनमा समस्या नहुने भएकाले बैङ्कलाई भाडामा भबन दिएको बारे बिरोध गर्नु अर्थ नरहेको बताए । विद्यालय भबनमा बैङ्क उद्घाटनका लागि गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, उपप्रमुख कल्पना भण्डारी र वडा अध्यक्ष छत्रबहादुर तमाङ लगायतको उपस्थिति रहेको थियो । बैङ्क र ब्यवस्थापन समिति बिच १० बर्षका लागि भाडामा लिने दिने सम्झौता भएको छ ।