माङ्गसेबुङ्गमा ट्याक्टर दुर्घटना, एकको अवस्था गम्भिर
इलाम, २५ असारः माङसेवुङबाट दमक तर्फ जादै गरेको ट्याक्टर माङ्गसेबूङ्ग गाउपालिका वडा नम्बर ३ स्थित मानपुरमा दुर्घटना भएको छ।
सोमबार साझ भएको दुर्घटनामा सात जना सवार मध्ये सरन राईको अवस्था चिन्ताजनक रहेको छ भने पाँच जना सामान्य घाइते भएका छन।सबैलाई उपचारको लागि पठाई सकिएको छ, भने चालक बिक्रम लावती फरार रहेको सहकर्मी सरिता राईले माइपोखरी न्युजलाई जानकारी गराउनुभयो ।