
इलाम, ३ साउनः देउमाई नगरपालिका-१ देउराली स्थित मेचि राजमार्गको सडक देखी अन्दाजी १५।२० मिटर तल खोल्सामा इलाम जिल्ला देमाउमाई नगरपालिका १ देउमाईखोप बस्ने अन्दाजी बर्ष ४४/४५ का मछेन्द्र राई घोप्टो परी मृत अबस्थामा फेला परेका छन् ।
स्थानीयले प्रहरी चौकी रक्सेमा खबर गर्न साथ प्रहरी टोली घटनास्थलमा पुगेको तथा थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.उ. माधब प्रसाद श्रेष्ठको टोलि घटनास्थल तर्फ खटी कानुनि प्रक्रिया पुरा गरी सव इलाम अस्पतालमा ल्याई राखेको तथा थप अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएके छ ।