इलाममा छायांकन भएको चलचित्र नाइ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

फिल्म ‘नाई नभन्नु ल ५’  को ट्रेलर सर्वजनिक गरिएको छ , फिल्म भदौको पहिलो सातादेखि प्रदर्शन गरिने भएका छन् । इलामको चिया बगानमा फिल्मको छायांकन गरिरहेका छ   ।

निर्देशक विकासराज आचार्यले १ बर्ष भन्दा लामो ग्यापपछि चलचित्र ‘नाई नभन्नु ल’को पाँचौ श्रृङ्खला बनाउने भएका हुन  । 
फिल्ममा नायिका प्रियंका कार्कीको निरन्तरता रहेनछ । साथमा, यो पटक विकासको चलचित्रमा नायिका स्वस्तिमा खड्का भित्रिएकी छिन् । बाल कलाकार अनुभव रेग्मी चलचित्रको मुख्य भूमिकामा रहनेछन् । वुझिएअनुसार, नायिका प्रियंका कार्की अर्की नायिका स्वस्तिमा खड्काको आमाको भूमिकामा देखिदैछिन् । 
फिल्ममा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ । फिल्ममा बाल कलाकारको रुपमा अनुभव रेग्मी र स्यार्टिना शर्माको मुख्य भूमिका रहनेछ ।
फिल्ममा अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी लगायतका कलाकार पनि रहनेछन् ।
फिल्ममा सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद छ । फिल्मलाई प्रेम कथामा तयार पार्न लागिएको विकासले  जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता