इलाममा अबैध रुपमा भारत निकासी हुँदै गरेको २६ वटा गोरु सहित ४ जना पक्राउ

इलाम, २० असार सोमबाट राति करिव १० बजे  इलामको सुर्योदय नगरपालिका ३ बौद्धधाममा २६ वटा गोरु सहित ४ वटा पिकअप र  ४ जना पिकअप चालकलाई पक्राउ गरेको छ । बौद्धधामको कच्चि सडक खण्डमा ४ वटा पिकअप गाडीमा जम्मा २६ वटा गोरुहरु लोड गरी अबैध रुपमा भारत तर्फ निकाशी गदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ति टोलिले फेला पारी पक्राउ गरेको हो ।
पक्रउ परेका गोरु र पिकअफलाई  आवश्यक कार्वाहीको भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको । भने चलाकहरु पशुपतिनगर इलाका प्रहरीकार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालाय इलामले जानकारी दिएको छ ।
त्यस्ते आज विहान ११ बजे सूर्योदय नगरपालिकाको टाँसि गाँउ भन्ने स्थानमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ति टोलिले नेपाल बाट अबैध रुपमा भारत तर्फ लैजानको लागी राखिएको १२ कार्टुन चुरोट बरामद गरी आवाश्यक कार्वाहिको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय एसपी माधव श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता