मोटरसाइकलको ठक्करबाट मृत्यु

पाल्पा, ४ साउन (रासस)  रामपुर नगरपालिका–४ इस्लामपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो । 
मृत्यु हुनेमा रामपुर नगरपालिका–४, इस्लामपुरका ७५ वर्षीय मुसताज मियाँ छन् । घाइते अवस्थामा रहेका मियाँको रामपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आज साँझ ६ बजेतिर रामपुरको इलामपुरबाट बेझाडतर्फ आउँदै गरेको लु४०प ६३०७ नंको मोटसाइकलले इलामपुर नजिकै ठक्कर दिएको थियो । मोटरसाइकल चालक हुसेन सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता