
कनकाई । हड्डीको ट्युमर भइ उपचाररत् झापा कनकाई नगरपालिका ५ का ३५ बर्षिय तीर्थ सुबेदीले खर्च अभावले उपचार हुन नपाएको भन्दै आर्थिक सहयोग गरेर जीवन वचाइदिन सबैसग अनुरोध गरेका छन । ७ बर्ष पहिले रोजगारीका लागि मलेसिया गएको बेला आफुलाई ट्युमर पलाइएको पत्ता लागेपछि रोजगारदाता कम्पनीबाट खालीहात फर्कनुपरेको सुवेदी बताउछन ।
उल्टै रोजगारदाता कम्पनीले लेबी रकम बरावरको काम लगाएर लेवि असुल भएपछि रोगी आफुलाई नेपाल पठाइदिएको गुनासो सुवेदीले गरे । त्यसवेला पनि सुवेदीले आफुसंग भएको ७ लाख रुपैँया खर्चेर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएको बताउने सुवेदीको विराम हाल आएर पुन बल्झिएपछि थप समस्यामा परेका हुन ।
त्यसवेला समेत खर्च अभावले ३ वटा केमु चढाउनुपर्नेमा एउटामात्रै चढाएकोले ७ बर्षपछि रोग बल्झिएको सुवेदीले बताए । हाल भरतपुर क्यान्सर अस्पतालले ६ बटा क्यामु थेरापी गर्नुपने र रेडियासनले ६ महिनासम्म सेक्नुपर्ने डाक्टरले भनेको र त्यसका लागि ४ लाख रुपैँया लाग्ने भएपछि आफुसग भएको सबै जायजेथा पहिले नै उपचारका लागि सकिसकेका सुवेदीले आफुलाई आर्थिक सहयोग गरेर जिवन बचाइदिन सबैसग अनुरोध गरेका हुन ।
एक १२ बर्षिय छोरा र ७ बर्षिय छोरीका पिता समेत रहेका सुवेदीकी श्रीमती कुमारीदेविले स्थानीय फ्याक्ट्रीमा काम गरेर परिवारको लालनपालन गर्दै आएकी छन । सम्पतिको नाममा सानो घरमात्रै रहेको सुवेदीको उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन कनकाई नगरपालिकाले सबै दे्श विदेशमा रहनुहुने नेपालीहरुसग अनुरोध गरेको छ ।
सुवेदीको जिवन रक्षाका लागि स्थानीय युवा दिनेश मैनालीको संयोजकत्वमा तारा सुवेदी वचाउ सहयोग समिति समेत गठन गरिएको छ। सहयोग समितिले सहयोगका लागि फेसबुकबाट मद्धत माग्दा हालसम्म ५० हजार रुपैँया सहयोग रकम जुटेको छ ।
सहयोग गर्न चाहनेले सुवेदीकी श्रीमती कुमारीदेवि बुडाथोकीको नाममा रहेको सनराइज बैँकको खाता नम्बर ०३८०४७१३१५२०२००१ म रकम जम्मा गरिदिन वा सहयोग समितिका संयोजक दिनेश मैनालीको फोन नम्बर ९८२४९०७१०९ मा सम्पर्क गरिदिन समितिले अनुरोध गरेको छ ।
