मार्सिभात खाएर प्रचण्ड मने भन्न नपाइ घुर्न थाले😀🌹

  • प्रज्वल भट्टरार्इ

प्रचण्ड र हाम्रा बाले एउटै गुन्द्रीमा बसेर ढिंडो खानुहुन्थ्यो । प्रचण्डले एक गाँस ढिंडो घाँटीभित्र निलिनसक्दै एकरास साम्यवादको घागदान सपना बाहिर ओकेल्नुहुन्थ्यो ।
सर्वहारा प्रचण्ड थप्नुहुन्थ्यो, "हरिप्रसाद मितज्यू, मने..तँपाईलाई म यो देशको शासक बनाउँछु ।" प्रचण्डको आश्वासन सुनेर आमाले आफ्नो खुशीमा थोरै अविश्वास तर प्रचण्डको थालीमा धेरै ढिंडो थप्नुहुन्थ्यो ।😀
तीनथाल ढिंडोले भूँडीमा ठाउँ नपाएर घाँटीसम्म आईपुग्दा प्रचण्डले मार्क्सवाद, लेलिनवाद, फ्रेन्चक्रान्ति, रसियनक्रान्ति, माओवाद, जनयुद्ध, प्रचण्डपथ, बिस्तारवाद, सम्राज्यवाद आदि-इत्यादीको बारेमा प्रवचन सकिवरी "संसारको किसानहरू एक हौं" भनेर नारा लाउन भ्याईसक्नुहुन्थ्यो । वास्तवमै प्रचण्ड धेरै बोल्नुहुन्थ्यो । तर, बाको फाटेको टोपीबाट निस्केको एरियलले प्रचण्डका धेरै कुराहरू समात्दैनथ्यो । तैपनि, बालाई बिश्वास थियो, प्रचण्डको टाउको भुस्याहा कुकुरको टाउको हैन । पचासलाख पर्ने टाउको हो । प्रचण्ड भुक्दैनन् । प्रचण्ड बोल्छन् । उनको बोलीमा ताकत छ । उनको बोलीमा केही न केही छ । 😀
तर अचेल प्रचण्ड बोल्नुहुन्न । गाउँबाट शहर, गुन्द्रीबाट सोफा, ढिंडोबाट मार्सिभातमा सर्नुभो अनि सर्वहाराबाट सर्व-आहारामा बदलिनुभो तबदेखि बोल्न छोड्नुभो । कहिलेकाही बोल्न खोज्नुहुँदो हो । तर दाह्रा, नङ्ग्रा, जोश -जाँगर बिनाको बाघको गर्जाई पनि बहुला कुकुरको भुकाईजस्तो सुनिने भएकोले बोल्ने जाँगर लाग्दैन होला। सायद यसैले पो चूप छन कि ? यो बाको अनुमान हो ।
मौनताले धेरै रहस्य बोल्दोरहेछ । बा अचेल यस्तै सोच्नुहुन्छ । ढिंडे-मीतले बिर्स्यो भनेर गनगन गर्नुहुन्छ ।
गनगन नगरून् पनि किन!? प्रचण्डले बैशाखमै हो क्यार, जेठसम्म गाउँ आईपुग्छु भनेको । मकैको उकेरा लाउन खेताला-पर्म नखोज्नु नगर्नु भनेको । दुई मित मिलेर मकै उकेरा लगाऔंला भनेर आश्वासन दिएको । मकैको घोंकाले प्रचण्डकोभन्दा लामो जुँगा तानेर हाँसिसक्यो । तर, उनको आजसम्म चाईचुईं छैन । ना खबर, ना पत्ता ।😀
"हरिप्रसाद मितज्यू, पार्टी महाराजलाई जिम्मा लाईयो । मने.. सौ-किलाको फलामको डल्लो टाउकोबाट झिकेर फ्याँके जसरी हाईसन्चो भा"छ ।" बालाई प्रचण्डले फोनमा आफ्नो हालखबर बताउनुभाथ्यो रे, "अब त मार्सी भात खायो - हल्लियो । काम छैन । बेरोजगार भैयो । त्यसैले उतै गाउँ आउनुपरो ।"😀
बालाई दिपेश फुच्चे र दीपशिखा केटोको निकै याद आएछ । नआओस् पनि किन?! भूमिगत कालमा आफ्नै नाती सम्झेर काखमा खेलाएका जो थिए । कता के गर्दै होलान् भनेर सोधेका रे ! प्रचण्ड ले भन्नुभाथ्यो रे, "ती स्यालहरूलाई पनि फ्याँउरो ग्याङ्गमा मिसाईदेकोछु । फ्याँउ-फ्याउँ गर्दै महाराजको भजन गाउन सिक्दै होलान् ।" 😀
अब्बल वाई जातको ती स्यालहरू फ्याउँरो हुनलागे भन्ने सुन्दा बाको दिलबाट "कठै" भन्ने शब्द एकहप्ता जस्तो लगातार वोमिटको रूपमा बाहिर आएथ्यो रे । ठिमाह या नपुंसक होलान् भनेर बडो चिन्ता लागेथ्यो रे । 😀
ठिकै छ, प्रचण्ड गाउँ आउनुभएन । बाल जले, कोईला न खरानी । बालाई पनि के मतलब भो र? आफ्नो दुख आफैंसँग ।😀
तर कहाँ जानुभो प्रचण्ड ? किन देखिनुहुन्न ? किन बोल्नुहुन्न ।
हेर्नु त, कुमार नारायणकाजीले "म अरू झैं नमक हराम हैन" भनेर बोलिसक्नुभो । "नमक" यस्तो साहसी चिज पनि रहेछ कि, उहाँलाई जुम्लाका जनता "प्रायोजीत जत्था हुन् " भन्न प्रेरित गर्‍यो । सायद, वर्गीय -रक्षा भनेको यही हो । नुनको सोंझो भनेको यही हो । नीलो स्यालको असली रंग देखिनु भनेको यही हो । कुमारकाजीले जुम्लालाई "प्रायोजीत जत्था" भनेर आफ्नो सादगीपनको उच्च-उँचाईमा बन्चरो लाएर मुर्कट्टो बन्नुभो । हाम्रो सदिक्षाको धोतीले मात्र उहाँको नाङ्गो नछोपिने रैछ ।
जब महाराजले "ए नमकहराम हो बोल ! मार्सिधानलाई याद गर" भनेर के भनेका थिए! योगेशजी आफ्नो असली योग्यता प्रदर्शन गर्दै बोल्नुभो , " माथेमा-प्रतिबेदनमा बैज्ञानिक आधार छैन" । झाँक्री दिदीलाई झाँक नचल्ने कुरै भएन । काँप्दै भन्नुभो, " डा. केसीको समस्या, बाम राजाको समस्या हैन । काँग्रेसको समस्या हो" । एउटा स्यालको हुँईयामा अर्को स्यालले हुँईया नथप्ने कुरै आएन । सामाजिक संजालमा हेर्नुस् । मार्सीधानको मालिक यसै मालिक उस्को मुखमा कस्ले सेन्सर ठेल्ने ?! भनिदियो " बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली चेलीहरूलाई प्रोफेसरले ९ बर्षसम्म बन्धक बनाएर करणी गर्छन् ।"
केसी पो जोगी हुन् । सत्ता चाहिन्न । तर, प्रचण्ड प्रपञ्च पनि त हुन् । सत्ता स्वाद चाखेका मनुवा हुन् । मनमा सत्ता र शक्ति मोह नहुने कुरै भएन । सत्ता प्राप्ति साम, दाम, दण्ड र भेदले मात्र हुन्छ रे । प्रचण्ड भेदी भएका हुन् कि?! एक हिसाबले ओलीजीको अलोकप्रियता भनेको प्रचण्डलाई चौका हान्ने दाऊ हो । ओलीजीको अलोकप्रियतामा काखी बजाउँदै पो छन् कि ! ओली फेल - सत्ता प्राप्ति । यही च्याँखेदाऊ थापेर चूप बसेका पो हुन कि ?!
खोई! प्रचण्डलाई मार्सीवादको साईड-ईफेक्ट भएर जति गर्जन्छु भन्दा पनि "म्याउँ" निस्कने भएर पो चुप हो कि? आफ्नो दाह्रा-नङ्ग्रा, शक्ति-बुद्धि सबै ओली-शरणम गरिसकेपछि भक्ति-भजन बाहेक अन्य विकल्प नदेखेर हो कि ? प्रचण्ड चुप छन् ।
स्वकेन्द्रित भएर पो हो कि? यूवा जीवन क्रान्ति भन्दा भन्दै अभाव र अप्ठ्यारोमा बित्यो । अस्ताउने बेला चुपचाप श्री-सम्पति, सुख-सयल भोगेर मरौं भन्ने सोंच हो कि । बोलेर "सुख" नगुमाऊँ मनसाय पो हो कि?!
हुनसक्छ, ओलीले "हेगको" सन्नासोले प्रचण्डको अप्ठ्यारो र दुख्ने जग्गा यसरी च्यापिदिएकाछन् कि प्रचण्डलाई दुख्न त चर्को दुख्छ तर डर र लाजले ऐया.. भनेर चिच्याउन सक्दैनन् ।
खोई कुन्नि ?! प्रचण्ड बोल्दैनन् ! उनलाई थाह छ डा. केसीको माग कुनै समय उनकै नारा थियो । बाटो थियो । सपना थियो । तर, आज किन उनी मरेको सिनो चुपचाप काँधमा बोकेर हिड्न उद्धत या श्रापित छन् ?!

हामी बबूरो के गर्न सक्छौं ? मात्र भन्न सक्छौं ;
बोल-बोल प्रचण्ड बोली खेर जाँदैन भनेर खबर स्थानीय कमरेड मार्फद पठाए 
खै कमरेड पनि ओलि बाको तिर घुम्दै गएछ्न क्यारे खबर साउन ७ बिहान मात्र पुगेछ !खबर सुनेर हस्याङ फस्याङ गर्दै मानिसहरु जम्मा भएको ठाउहरु खोज्दै हिन्दा अचानक एउटा हल भित्र प्रबेस गरेछ्न।पस्ने बित्तिकै यता उता नहेरी माइक्रोफोन हातमा लिएर काङ्ग्रेसलाइ गाली गर्न थालेछ्न जिब्रो चिप्लिएर होला गोबिन्द केसि लाई पनि नाना थरी भनेछ्न। करिब बीस मिनेट गाली गरि सकेपछी बिदा भएछ्न।बिदा भएर घर तिर लागेछ्न।घर पुग्दा मात्र उनलाइ थाहा भएछकि आज पुस्पलाल स्मृति दिवस हो भनेर।😂सिता देबिले आफ्ना पतिदेब भोकाएर आएको सुइको पाएर मार्सी भात अगाडि राखिदिइन प्रचण्डले पुस्पलाललाइ सम्झी दुई मिनेटमै क्वाप कुप पारिहाले।मार्सीभातको कमालले प्रचण्ड मने भन्न नपाइ घुर्न थाले😀🌹
लेखकका  निजीविचार हुन कुनै सम्पादन गरिएकाे छैन 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता