पानीमा डुबेर मृत्यु

इनरुवा, ८ साउन (रासस) : सुनसरी सदरमुकाम इनरुवा– ६ कन्समडान नजीकै नालीको पानीमा डुबेर स्थानीयवासी राजकुमार उराँवका डेढवर्षीय छोरा आर्यनको मृत्यु भएको छ । 
घर नजीकै सडकको पेटीमा रहेको नालीमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको बताइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता