
‘छोराको उपचारका लागि सहयोग जुटाउँदै हिँडिरहेकी छु’, हर्कमायाले भनिन, ‘छोराको उपचारका लागि मेरो र श्रीमानको नाममा भएको १३ रोपनी जग्गा सकियो, अझै पनि ठीक भएको छैन ।’ जग्गा बिक्री गरेर छोराको उपचार गरे पनि अझै निको भएको छैन दुखेसो पोख्दै हर्कमायाले भनिन्, ‘बज्रपात पनि गरिबलाई मात्र पर्दाेरहेछ ।’ उपचारका लागि स्थानीय सहकारी संस्थाबाट डेढ लाख रूपैयाँ ऋण लिइसकेका छन् सनमको परिवारले । ऋण माग्दा पनि अहिले कसैले नपत्याउने स्थितिमा पुगेको हर्कमाया बताउँछिन् । भक्तबहादुरका तीन भाइछोरा र दुई बहिनी छोरी छन् ।
सनम कान्छा हुन् । सनमकी श्रीमती पनि उनी बिरामी परेपछि परिवारसँग सम्पर्कविहीन छन् । श्रीमान्लाई अस्पताल लिएर गएकी बुहारी अस्पतालबाटै सम्पर्कविहीन भई हर्कमायाले बताईन् । सनमलाई ११ दिनसम्म आइसियुमा राखिएको थियो । आइसियुमा राख्दा धेरै खर्च लाग्यो, ऋण तिर्ने कुनै उपाय छैन, आमा हर्कमायाले भनिन् । परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खाता नम्बर २२५००२१९१११० मा खाता समेत खोलेका छन् ।