
इलाम, २९ असारः रवि सडक (फाल्गुनन्द मार्ग) को चतुरे खण्डमा होटल व्यवसाय गर्दै आएका रोशन राई यति बेला फुर्सदिला छन् । हिउँदयाममा खचाखच हुने उनको फोमी भ्यू होटल ठप्प भएपछि उनीसँगै होटलमा काम गर्ने ४ जनाले कामको चटारो खेप्नु परेको छैन ।
दमक रवि रा“के सडक खण्डमा केहि दिन यता यात्रुवाहक सवारी सधान चल्न थालेपछि उनको व्यवसाय ठप्प भएको हो । उनी जस्तै यो सडकको आसपास होटल गर्ने सबै व्यवसायीको अवस्था उस्तै छ । सडक सुधार हुन्छ र व्यवसाय बन्द गर्नुपर्ने अवस्था नआउनेमा आशावादी देखिएपनि रोशनको पीडा बर्सेिन उस्तै छ ।
हिउँद बर्खा नै चल्ने गरी सडक स्तरउन्नती हुन नसक्दा यहाँका होटल व्यवसायी मात्र हैन सवै क्षेत्रमा उत्तिकै असर पर्ने गरेको छ । यो सडकसँग आश्रित पाँचथरका बासिन्दा पनि उत्तिकै प्रभावित छन् ।
तराईसँग जोड्ने दमक चिसापानी रवि ९फाल्गुनन्द मार्गमा० बर्षाका कारण सवारीका साधन चल्न कठिन हुन थालेपछि पश्चिमी इलाम र दक्षिणी पा“चथरका बासिन्दा प्रभावित भएका हुन् । सडकमा नियमित सवारीका साधन नचल्दा आउजाउमा कठिनाई छ । उपभोग्य सामाग्री ढुवानी गर्ने ट्रक र ट्याक्टरसमेत चल्न कठिन भएको छ ।
सवारी यातायात करिव बन्द भएको अवस्था छ । घाम लागेको बेला एकाध सवारीका साधन चल्ने गरे पनि यात्रुलाई सेवा दिने र उपभोग्य सामाग्री नियमित ढुवानी गर्ने साधन चलेका छैनन् । दमकबाट लारुम्बाहुँदै रवि हुँदै इलाम र पा“चथरका विभिन्न ग्रामिण क्षेत्रमा सवारी साधन चल्ने गरेका थिए । केहि दिनयता परेको भिषण वर्षाका कारण कतिपय स्थानमा गाडी चल्न नसक्ने गरी सडक क्षतिग्रस्त भएको छ । रतुवा खोलैखोला सवारी साधन चल्ने गरेकाले करिव १६ किलोमिटर क्षेत्रमा सहज ढंगले यातयातका साधन चलाउन कठिन छ ।
त्यस बाहेकको सडक पनि हिलाम्ये र अप्ठेरो भएको माङ्सेवुङका ज्ञानु केदेमले जानकारी दिए । ‘लारुम्बा दमकबीचको यातायात नचलेकाकाले बाक्लो बस्ती भएको लारुम्बामा समस्या देखिएको छ,’ उनले भने, ‘तत्कालका लागि उपभोग्य सामाग्रीको अभाव हुन थालेको छ । बिरामी पर्दा र अत्यावश्यक कामले तराई झर्न पैदल यात्रा नै गर्नु पर्छ ।’ लारुम्बावाट दमक करिव १६ किलोमिटर दुरीमा पर्छ । विर्तामोडबाट दानाबारी र महमाई हु“दै लारुम्बा जोड्ने सडकमा पनि यातायातका साधन चलेका छैनन् । माइ नगरपालिकाको महमाई र दानावारीबीचको माइखोलामा पुल नहुदा बर्खालाग्न साथ सडक अवरुद्ध हुने गरेको छ ।
दमकवाट नियमित यातायातका साधन नचल्दा लारुम्बासहित चतुरे, पञ्चमीलगायत बजारहरुमा उपभोग्य सामाग्री आउन सकेको छैन । स्थानीय वयपारीहरुले यसअघि नै ल्याएका अत्यावश्यक सामाग्रीहरु बिक्री गरिरहेका छन् । ‘डेढ सातादेखि दमकबाट सामाग्री आउन नसक्दा उपभोग्य वस्तुको अभाव हुन थालेको छ,’ चतेरेमा घर भएका माङसेवुङ ३ का वडाध्यक्ष मैतराज राईले भने, ‘वडामा छुट्टिएको सानोतिनो रकमले सडक खुलाउने अवस्था छैन ।’
दमकबाट ४६ किलोमिटरको दुरीमा रवि बजार पर्दछ । दमक भएर रविसम्म यातायातका साधन नियमित नचलेको दुई साता भएको छ । मोरङवाट धनकुटाको छ नम्बर बुधवारे भएर रविसम्म सवारीका साधन चलेका छन् । तर लामो दुरी र सडकको अवस्था राम्रो नभएकाले त्यहा“ पनि समस्या देखिएको छ ।
सदरमुकामसँग पश्चिमी क्षेत्रलाई जोड्ने सडक पनि वर्षाका कारण अवरुद्ध छन् । देउमाई नगरपालिकाको मंगलबारेबाट माङसेबुङ गाउँपालिकाको गजुरमुखी इभाङ हु“दै चतुरेसम्म पुग्ने सडक इभाङसम्म मात्र मूस्किलले सञ्चालनमा रहेको छ । इभाङदेखि चतुरेसम्मको सडकमा कालोपत्रे गर्ने पक्रृया सुरु भएकाले आउदो वर्षदेखि समस्या हल हुने माङ्सेबुङ गाउँपालिकाको भनाई छ ।
‘यो क्षेत्रको मूख्य समस्या नै सडक व्यवस्थित नहुनु हो,’ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने, ‘स्थानीय सरकारले गर्न सक्ने सडकलाई प्राथमिकतामा राखेर बजेटिङ गरेका छौं र ठूला योजनाका लागि केन्द्रमा नै प्रस्ताव गरिएको छ ।’ नयाँबुलन्दबाट