
बिर्तामोड, २९ असारः देबि मावि बिर्तामोडले बढाएको शुल्कको बिरोधमा नेपाल विद्यार्थी संघ झापा क्षेत्र नम्बर–२ले प्रशासनमा तालाबन्दी गरेको छ । संघले शुक्रबार नेबि संघ झापा कार्यबाहक अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा तालाबन्दी गरेको हो ।
विद्यालयले एकै पटक २४ प्रतिशत बढी शुल्क बृद्धि गरेका कारण तालाबन्दी गर्न बाध्य हुनु परेको नेबि संघ झापा क्षेत्र नम्बर–२का कार्यबाहक अध्यक्ष लक्ष्मी मैनाली (एलिक्स)ले बताए । पहिलो चरणमा विद्यालय प्रशासनसँग मौखिक छलफल गरेको, दोस्रो चरणमा व्यवस्थापन समितिको ध्यानकर्षण गराएको, तेस्रो चरणमा ध्यानकर्षणा पत्र निकालेको तर पनि माग सुनुवाइ नभएकाले ताला लगाउन बाध्य भएको मैनालीले बताए ।
विद्यालय प्रशासनले शिक्षक पाल्ने र छात्रवृत्ति उपलब्ध गराउने भन्दै माग पुरा गर्न आलेटाले गरेको विद्यार्थी बताउँछन् । सामुदायिक विद्यालय भएकाले मुल्य बृद्धिकै कारण कोही पनि शिक्षा लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ अघि बढेको मौनालीले जनाए । विद्यालयले मागलाई सम्बोध नगरे अझ शसक्त ढंगले अघि बढ्ने मैनालीले बताए ।