मरव क्याम्पस इलाम बागबानी संकायको विज्ञप्ती, माग पुरा नभए चरणवद्ध अनन्दोलनकाे चेतावनी

इलाम, २९ असारः इलाममा रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पका बागबानी संकायका विद्यार्थीहरुले एक विज्ञप्ती जारी गर्दै क्याम्पस सँग आवश्यक सामाग्रीहरुको माग गरेका छन् । 
बागबानी संकाय सञ्चलन भई रहेको ठाउँमा खाने पानीको व्यवस्था नभएको, अभ्यास गर्नका लागि फिल्डको व्यवस्था नगरेको , बागबानी संकायको लागि छुट्टै स्टोर नदिएको कर्मचारीको व्यवस्था नगरिदिएको, पुस्तकहरु समयमा उपलव्ध नगराएको ल्यावको उचित व्यवस्थापन नगरेको आदि माग राख्दै नेपाल विद्यार्थी सँगका बागबानी संयोजक भोजराज जोशी र अनेरास्ववियु बागबानी अध्यक्ष ट्रम शाहीले हस्ताक्षर गरेको विज्ञप्ती जारी गरेका हुन ।
उनिहरुले आफ्नो माग क्याम्पसले सोमबार सम्ममा सुनुवाई नगरेमा आन्दोलनका कार्यक्रम अघाडी बढाउने समेत चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता