
इलाम, ११ साउन : आमन्त्रण अन्तराष्ट्रिय फुटबल प्रतियोगिता संचालन गरेर इलामको खेल पर्यटन विकासमा योगदान पु¥याउदै आएको माईभ्याली फुटबल क्लबलाई दाताले एम्बुलेन्स प्रदान गर्ने भएका छन् । इलामकै सुर्योदय नगरपालिका तीनघरे स्थायी बसोबास भई काठमाडौंमा बस्दै आए तारा एवम रोजु सापकोटा दम्पतीले क्लबको दिगो आर्थिक व्यवस्थापनको लागि एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
शुक्रबार एक कार्यक्रमको बीच एम्बुलेन्स हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा तरा र रोजु सापकोटा, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य निरोज खड्कीले मतव्य राखेका थिए ।