इलामको लगानी सम्मेलन प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने

इलाम, १३ कार्तिकः इलाम सदरमुकाम स्थापनाको २०० वर्षको अवसरमा आयोजित “इलाम हाम्रो गौरव” कार्यक्रमअन्तर्गत २०७५ सालभरि नै विविध कार्यक्रम अन्तर्गत इलाम नगरपालिकामा आन्तरिक पूँजी परिचालन र बाह्य लगानी आकर्षित गरी स्थानीय रोजगारी सिर्जना तथा नागरिकहरूको आम्दानी अभिबृद्धि गरी आर्थिक समृद्धि हासिल गर्नका लागि लगानी सम्मेलन आयोजना हुने भएको छ । आउँदो कार्तिक २५ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो सम्मेलन गौतमबुद्ध सभा गृह इलाममा आयोजना हुने कार्यक्रमको लागि विभिन्न समिति गठन भएको छ ।
सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि इलाम नगरपालिका, नगर कार्यपालिकाको मूल समिति र सो अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरी परिचालन गरिने भएको छ । यसअनुसार उपप्रमुख श्री सुशीला नेम्वाङ्गको संयोजकत्वमा सदस्यहरु वडाध्यक्ष नरेश श्रेष्ठ, वडाध्यक्ष होम बस्नेत, वडाध्यक्ष श्यामकृष्ण घिमिरे, कार्यपालिका सदस्य श्यामकमल मुखिया, सानु दास, इन्दिरा पौडेल क्षेत्री, वडासदस्य संजीव राई, डाकप्रसाद दुलाल स्वागत, सत्कार तथा स्वागतद्वार निर्माण उपसमिति, वडाध्यक्ष नरेश श्रेष्ठको सयोजकत्वमा सदस्यहरु कार्यपालिका सदस्य चित्रमाया गुरुङ्ग, वडाध्यक्ष माधवप्रसाद भटृराई, वडासदस्य सेरबहादुर खड्का, नगर खेलकूद विकास समितिका अध्यक्ष बिनोद श्रेष्ठ, नगर युवा परिषदका अध्यक्ष सचिन रायमाझी, नगर दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराइली रहने गरी हल तथा स्वयम्सेवक उपसमिति, वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठको संयोजकत्वमा सदस्यहरु कार्यपालिका सदस्य सीता रिजाल, लगानी प्रवद्र्धन समिति सदस्यद्वय कृष्ण शाह र अर्जुन भटृराई, वडासदस्य गृष्म सुब्बा रहने गरी कार्यक्रम संचालन तथा संयोजन उपसमिति गठन भएको छ ।
यसैगरी वडाध्यक्ष नुतनदेव दुलालको संयोजकत्वमा सदस्यहरु कार्यपालिका सदस्य सावित्रा राई, वडाध्यक्ष रोमबहादुर लुंगेली, वडाध्यक्ष अम्बिका गौतम, वडासदस्य बिष्णु सुब्बा, वडा सदस्य दुर्गा श्रेष्ठ (मदन), नगर पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष उपेन्द्र बैद्य रहने गरी स्टल व्यवस्थापन उपसमिति, वडाध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा सदस्यहरु वडाध्यक्ष तिर्थ गुरुङ्ग, वडासदस्य केशव खत्री, वडा सदस्य धनबहादुर श्रेष्ठ, प्रशासकीय अधिकृत रामकुमार शाह रहने गरी अतिथि आवास तथा व्यवस्थापन उपसमिति, नगर साहित्य कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष टिका घिमिरेको संयोजकत्वमा सदस्यहरुमा नगर प्रहरी (चतुर्थ)द्वय हेम ढकाल र प्रेम दियाली रहने गरी सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति र प्रशासकीय अधिकृत रामकुमार शाहको संयोजकत्वमा सदस्यहरु सूचना प्रविधि अधिकृत सञ्जय घिमिरे, कम्प्युटर अप्रेटर रन्जित मुखिया रहने गरी प्रचार–प्रसार उपसमिति गठन भएको इलाम नगरपालिकाले जनाएको छ ।
उक्त सम्मेलनमा संघीय सरकारका माननीय अर्थमन्त्री, माननीय उद्योग मन्त्री र माननीय भौतिक पूर्वाधार मन्त्रीहरु, इलामबाट प्रतिनिधित्व गरेका पूर्व प्रधानमन्त्री र पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष, इलाम जिल्लाबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, १ नं. प्रदेशका माननीय मुख्यमन्त्री, अर्थमन्त्री, सामाजिक विकास मन्त्री, इलाम जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय प्रदेश सभा सदस्यहरु, इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरु, इलाम जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, धरान उपमहानगरपालिकाका प्रमुख, इलाम जिल्लाका सबै स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षहरु, नेपाल उ.वा. महासंघ, उद्योग परिसंघ, च्याम्बर्स अफ कमर्स, गैरआवासीय नेपाली संस्था (एनआरएनए), होटल महासंघ (हान)का प्रतिनिधि लगायत लगानीकर्ता, इलाम नगरपालिकाका वडासदस्यहरु, नेपाल पत्रकार महासंघ, घरेलु तथा साना उद्योग महासंघ, अलैंची व्यवसायी संघ, वनपैदावार व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एसोसिएसन, विभिन्न सहकारी संघ तथा संस्थाहरु, दूग्ध सहकारी संघ, चिया उत्पादक सहकारी संघ, प्याब्सन, एनप्याब्सन, बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु, जलविद्युत लगानीकर्ताहरु, निजी विद्यालयहरु, उद्योग व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता