
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक १३ गते मंगलवार , ईसवीय सन् २०१८ अक्टोवर ३० ,कार्तिक कृष्ण षष्ठी, सूर्योदय विहान ६ः१२, सूर्यास्त बेलुकी ५ः२१, नक्षत्रः पुनर्वसु, योगः सिद्धि, करणः वणिज , चन्द्र राशिः मिथुन
मेषः—नयाँ काममा प्रलोभन देखाउनेहरु बढ्नेछन् । मन चञ्चल हुन सक्छ । प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ ।
बृषः— आफन्तजनबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा मनग्ये धन लाभ हुने देखिन्छ । दिनको अन्त्यमा स्वास्थ्यमा बाधा आउन सक्छ । सचेत रहनुहोला ।
मिथुनः— धार्मिक क्षेत्र तथा सामाजिक काममा मन जानेछ । परोपकारी क्षेत्रमा समय व्यतित हुँदा मनमा हर्ष र उमंग थपिएला ।
कर्कटः—राजनीतिक क्षेत्रबाट सोचेजस्तो लाभ नहोला । व्यापारमा सामान्य लाभ मिल्ने योग छ । साहित्यमा मन जाला ।
सिंहः— रोकिएका काम बन्न सक्छन् । धन आर्जन गर्ने विभिन्न माध्यमहरु फेला पर्नेछन् । कार्यक्षेत्रमा अधिक सफलता मिल्ने योग छ ।
कन्याः— बोलेर सजिलै अरुको मन जित्न सकिनेछ । घरमा शुभकार्य सम्पन्न होलान् । सामाजिक काममा मन जानेछ ।
तुलाः— अनावश्यक आरोपहरु लाग्न सक्छन् । दिनको अन्त्यमा सामान्य धन हानी हुन सक्छ सचेत रहनुहोला । धार्मिक क्षेत्र राम्रो रहेको छ ।
बृश्चिकः— वेफाइदाको यात्राले मन अशान्त रहला । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला नत्र आएको धन पनि गुम्ने खतरा छ ।
धनुः— शुभ समाचार सुन्न पाइएला । दिनको मध्यानबाट रोकिएका कामहरु बन्न सक्छन् । मनमा उत्साह जाग्ने योग रहेको छ ।
मकरः— विशिष्ट व्यक्तिको सहयोगले कामहरु बन्न सक्नेछन् । दाम्पत्य जीवनमा केही सामान्य बाधाहरु आए पनि मन शान्त रहला ।
कुम्भः— कुम्भ राशि हुनेहरुका लागि आज अध्ययन अध्यापन क्षेत्र राम्रो रहेको छ । विज्ञान,कला,संस्कार र गणित जस्ता विषयमा मन जानेछ ।
मीनः— आफ्ना मान्छेहरुबाट धोका हुन सक्छ । व्यापारमा सौन्दर्यका सामानबाट लाभ मिल्नेछ । प्रेम सम्बन्ध राम्रो रहला ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”