
बिर्तामोड, १२ कतिकः बिर्तामोडमा सर्वाधिक ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्युएफएक्स सिनेमाजको फ्रेन्चाईज सञ्चालन हुने भएको छ ।
करिब १२ करोडको लगानीमा स्थापित उक्त क्युएफएक्समा दुईवटा हल रहेका छन् । एउटामा १३८ र अर्कोमा १३४ वटा अत्याधुनिक सिट रहेका छन् । विश्वस्तरीय साउण्ड, स्क्रिन भएको सञ्चालक मिजास पोख्रेलले बताए । उक्त सिनेमा हलमा थ्रिडीसमेत हेर्न सकिने छ ।
विश्वकै क्यूएफएक्स सिनेमा हलको अवधारणा अनुसार नेपालमा पनि बिस्तार गरिएको जनाउँदै सञ्चालक पोख्रेलले यो हल ‘फ्रेन्चाईज मोडल’मा बनेको बताए । हलमा थ्रीडी प्रविधिसहित क्यूएफएक्स मापदण्डका अन्य सबै सुविधा राखिएका छन् ।