
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक १४ गते बुधवार , ईसवीय सन् २०१८ अक्टोवर ३१ ,कार्तिक कृष्ण सप्तमी , सूर्योदय विहान ६ः१३ ,सूर्यास्त बेलुकी ५ः२१, नक्षत्रः तिष्य, योगः साध्य, करणः बब , चन्द्र राशि : कर्कट
मेषः—प्रेम सम्बन्धमा सामान्य खटपट आउन सक्छ । अध्ययन अध्यापन क्षेत्र राम्रो रहेको छ ।
बृषः— कार्यक्षेत्रमा केही तनावको स्थिति आउन सक्छ । मन चञ्चल हुन सक्छ ।
मिथुनः— राजनीतिक क्षेत्रमा मन जाला । धार्मिक क्षेत्रबाट कामहरु बन्नेछन् ।
कर्कटः—सामान्य यात्राको सम्भावना रहेको छ । धनआर्जनका नयाँ श्रोतहरु मिल्नेछन् ।
सिंह :— दाम्पत्य जीवन सामान्य रहला । परिवारमा शुभ कार्य सम्पन्न होला ।
कन्याः— विशिष्ट व्यक्तिको सहयोगबाट नयाँ कामहरुको थालनी हुने छ । स्वास्थ्यमा सामान्य बाधा आउन सक्छ ।
तुलाः— व्यापार व्यवसायमा जुत्ता चप्पल जस्ता पहिरनका समानबाट लाभ मिल्ने योग छ । बैदेशिक क्षेत्र सामान्य रहला ।
बृश्चिकः— धन आर्जनका नयाँ श्रोतहरु फेला पर्ने योग रहेको छ । मनमा उत्साह जाग्नेछ ।
धनुः— अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ सचेत रहनुहोला ।
मकरः— दिन सकारात्मक छ । धार्मिक कार्यमा मन जाला । रोकिएका काम बन्नेछन् ।
कुम्भः— नयाँ ज्ञान सिक्ने मौका रहेको छ । यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा राम्रो हुनेछ ।
मीनः— नसोचेको ठाउँबाट धन लाभ हुने योग रहेको छ । अधुरा कामहरु बन्न सक्छन् ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”