आगलागीबाट तीन जना घाइते


भक्तपुर, १८ कात्तिकः मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।
घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उहाँको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता