उर्लाबारीमा फर्निचर वल्र्ड

उर्लाबारी, ४ मंसिरः वैदेशिक रोजगराका लागि युवा विदेशिने क्रम बढिरहेको बेला दुई युवाले उर्र्लाबारी–७मा फर्निचर उद्योग सञ्चालनमा ल्याएका छन् । झापा दमकका निकेश काजी थापा र  बुद्धशान्तिका सुवास संग्रौलाले संयुक्त रुपमा फर्निचर उद्योग सञ्चानमा ल्याएका हुन् । 
स्वदेशमा नै केही गर्ने उद्देश्यका साथ फर्निचर उद्योग सञ्चालनमा ल्याएको सञ्चालक संग्रौलाले बताए । उनले भने, ‘उर्लाबारीमा सुविधा सम्पन्न फर्निचर उद्योग आवश्यक रहेकाले फर्निचर वल्र्ड सञ्चालनमा ल्याइएको हो ।’ २० लाख बढीको लगानीमा उद्योग सञ्चालमा ल्याएको अर्का सञ्चालन थापाले बताए । उनीहरुले देशभर फर्निचरको शाखा सञ्चालनमा ल्याउने उद्देश्य राखेका छन् । यस अघि काठमाडौँ, दमक र बुधबारेमा शाखा सञ्चालनमा ल्याइसकेको थापाले बताए । उद्योगमा पलङ्, दराज, सोफा लगायत फर्निचर तथा फर्निसिङ् सम्बन्धी सम्पूर्ण सामान उपलब्ध हुने बताइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता