जेष्ट नागरिक सरोकार समाजले प्रथम वार्षिक उत्सव मनायो

मंसीर १ इलाम : इलाम नगरपालिका ८ गरिमा टोलमा रहेको जेष्ट नागरिक सरोकार समाजको प्रथम वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । सामजमा रहेका कुरिति कुप्रथा अन्त्य गर्न पहल गर्ने , आपसी भाइचारा र सदभाव विकास , क्षमता अभिवृद्धि लगायत धार्मिक , सामाजिक गतिविधी संचालन गर्ने उदेश्यले स्थापना भएको समाजले टोलमा पाक्षिक रुपमा भजन किर्तन समेत गदै आएको छ । 
उत्वसको अवसरमा आज आयोजित कार्यक्रममा भजन , नृत्य , गजल , कविता प्रस्तुत भएको थियो भने तीनजना जेष्ठ नागकिरलाइ सम्मान समेत गरेको छ । स्थानीय  कृष्ण बहादुर जर्गा , मनमाया सुवेदी र डिल्ली राम सुवेदीलाई दोसल्ला र नगद सहित सम्मान गरिएको समाजले जनाएको छ । यसैगरी समाजमा आबद्ध १२ जना बालबालिकाहरुलाई समेत प्रतिभा र अनुशासनको कदर गर्दै पुरस्कार प्रदान गरिएको छ । 
समाजको आर्थिक प्रतिबेदन कोषाध्यक्ष धर्म भण्डारी र प्रगति प्रतिवेदन अध्यक्ष अरुण कुमार महतले प्रस्तुत गरेका थिए । समाजले पाक्षिक रुपमा संचालन गदै आएको आरती भेटी , देउसी भैलो कार्यक्रम लगायत दाताहरुको सहयोगमा आर्थिक व्यवस्थापन र आवश्यक सामाग्री खरीद  गर्दै आएको कोषाध्यक्ष भण्डारीले बताए । 
काग्रेस प्रतिनिधि गणेश राउत , नेकपा प्रतिनिधि अमर बस्नेत , सेतीदेवी भजन मण्डली समुहकी सरला पाण्डे ,  युवा पण्डित विष्णु घिमिरे , धर्मअनुरागी भजन मण्डली समुहकी सचिव तथा संचारकर्मी सविता पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि वडाध्यक्ष होम बस्तेतले समाजले गरेको गतिविधीले समाजलाई एकीकृत गर्ने , सबैलाइ जागृत गराउने काम  गरेको बताए । साथै वडाबासीको जिज्ञासामा वडामा भइरहेका विकासका गतिविधीबारे जानकारी गराए । समाजका अध्यक्ष अरुणकुमार महतले सबै जातजाती वर्ग समुदायलाई समेटेर गतिविधिहरु गरीरहेको बताए । अरु समय सबै आआफ्नो दैनीकीमा व्यस्त हुदा गाउ घरमा छरछिमेकी बीच दुरी बढ्दै गएकोले सम्मिलन र भेटघाट हुने अवसर समाजले सृजना गरीरहेको बताए । समाजमा हाल २७ घर परिवार आबद्ध रहेका छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता