जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ, १४ मङ्सिर (रासस)  काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ ।
गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो । मङ्सिर १३ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना गरिएको एशिया प्रशान्त सम्मेलनमा भागलिन विभिन्न देशका सरकार प्रमुखहरुको आगमनका समय ट्राफिक व्यवस्थालाई सहज गर्न सो प्रणाली लागू गरिएकोमा सरकारको चौतर्फी आलोचना भएको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले सम्मेलनका लागि लगाइएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिनुभयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता