‘मेची क्षेत्र पर्यटन महोत्सव– २०७५’ , आयोजक समितिको जरुरी सूचना !

मेची क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ इलामको सदरमुकाम हरितनगर इलाममा आगामि पुस ५ गतेदेखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव– २०७५’ हुन गइरहेको छ ।
यस महोत्सवमा इलामका साथै झापा, पाँचथर र ताप्लेजुङका पर्यटन व्यवसायीहरुको सहभागिता रहनेछ ।
महोत्सवका प्रमुख आकर्षणः
१. यस क्षेत्रका सांस्कृतिक झाँकी र झलकहरुको प्रदर्शनी,
२. पुरातात्विक महत्वका सामग्रीहरुको प्रदर्शनी,
३. विभिन्न भौगोलिक क्षेत्रका जनावरहरुको प्रदर्शनी,
४. विभिन्न जातजातिका खाद्य परिकारहरुको बिक्री,
५. कृषि तथा नगदे बालिहरुको प्रदर्शनी तथा बिक्री,
६. चिज, छुर्पी, घिउ, ललिपप, बम्बइसन जस्ता दुधबाट बनेका शुद्ध परिकारको बिक्री,
७. किवी, एभोकाडो, सुन्तला, कागति लगायतका फलहरुको बिक्री
८. हस्तकला, लघु तथा साना उद्योगका उत्पादनको प्रदर्शनी तथा बिक्री,
९. पर्यटकीय गन्तव्य दर्साउने चित्र तथा बृत्तचित्रको प्रदर्शनी,
१०. विभिन्न जातजातिका सांस्कृतिक नृत्य,
११. स्थानीय तथा राष्ट्रिस्तरका गायक तथा नृत्य कलाकारहरुको प्रस्तुति,
१२. बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिहरुको प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलकुद,
१३. स्वदेश तथा विदेशका चर्चित चित्रकारहरुद्वारा बनाइँदै गरेका चित्रकलाहरुको अवलोकन,
१४. मेचीस्तरीय साहित्य गोष्ठी,
१५. मेची क्षेत्रका पर्यटन व्यवसायीबीच अन्तक्र्रिया,
१६. होटल एसोसिएसन, प्रदेश नं १ को विशेष बैठक,
१७. माउण्टेन साइक्लिङ,
१८. दृश्यावलोकन भ्रम, 
१९. रमाइलो मेला,
२०. समापन समारोहमा ‘मेची क्षेत्र पर्यटन महोत्सव– २०७६’ आयोजक जिल्लालाई महोत्सव प्रतीक चिन्ह हस्तान्तरण आदि ।

यस महोत्सवलाई नेपालको विभिन्न क्षेत्रका अतिरिक्त छिमेकी भारतको सिक्किम, पश्चिम बंगाल र बिहारका पर्यटक लगायत ५० हजार मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
कृषक, उद्योगी व्यसायी तथा औद्योगिक प्रतिष्ठानहरुका सामग्री प्रदर्शन तथा बिक्रीबितरणका लागि स्टलहरुको व्यवस्था गरिएको छ । स्टल बुकिङ मंसिर १३ बाट खुला भएको छ । आप्mनो स्टल आजै बुक गर्नु होस् ।
स्टल भाडा दरः
१, कृषी उत्पादनका लागि प्रतिस्टल रु पाँच हजार,
२, साना तथा घरेलु उद्योगका लागि प्रतिस्टल रु दश हजार,
३, व्यापारिक तथा औद्योगिक प्रतिष्ठानहरुका लागि प्रतिस्टल रु पच्चीस हजार ।
आयोजकः इलाम पर्यटन प्रवद्र्धन सरोकार समिति, इलाम ।
सहआयोजकः झापा, इलाम, पाँचथर र ताप्लेजुङका होटल तथा पर्यटन व्यवसायी संस्थाहरु ।
सम्पर्कः विजय राई– ९८४२७४५८३१ (अध्यक्ष, आयोजक संस्था)
देवी पौड्याल– ९८४२६३६५६७ (महासचिव, आयोजक संस्था)
ज्ञाननाथ दहाल– ९८५२६८०००४ (संयोजक, स्टल व्यवस्थापन उप–समिति)
इमेलः dharma.gotame@gmail.com

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता