इलामको पुवामझुवामा भर्खरै जन्मेको शिशु मृत अवस्थामा फेला

इलाम, १४ मंसिरः इलाम नगरपालिका वडा नं. ३ पुवामझुवा अधेरे गाउँ स्थित नन्द कुमारी सुनवारको घर नजिकै बारीको गोरेटो बाटोमा नवजात  शिशु मृत अवस्थामा फेला परेको छ ।
उक्त फेला परेको नवजात स्त्रि शिशुको शव इलाम अस्पतालमा पोष्टमाटमको लागि ल्याईएको छ ।  अनुशन्धानको लागि सुर्योदय नगरपालिका वडा नं. ९ फिक्कल निवासी साबित्रा मुखिया सुनुवारलाई नियन्त्रणमा लिई अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकोछ ।  पक्राउ परेको महिला  इलाम नगरपालिका वडा नं. ३ पुवामझुवामा साथीको घरमा गएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता