माइभ्यालीको गत संस्करणको आय/व्यय सार्वजनिक

इलाम, ३० कार्तिकः इलामको एकमात्र एडिभिजनका क्लवहरुको सहभागि रहेको फुटबल प्रतियोगिता माइभ्याली गोल्डकपको आय/व्यय बिहीबार क्लवले पत्रकार सम्मेलन गरेर प्रस्तुत गरेको छ । 
प्रतियोगिता सञ्चलनमा यो वर्ष धेरै खर्च आएको देखिएको छ । यो वर्ष ८२ लाख २२ हजार ३१० रुपयाँ खर्च भएको हो ।  अहिले क्लवको खातामा १४ लाख ३१ हजार ७६१ रुपयाँ मौजात रहेको छ भने कल्वले तिर्न बाँकी रकम ३ लाख ५३ हजार १६५ रुपयाँ  बाँकी रहेको छ ।
पत्रकार सम्मेलनामा खेलमैदान मर्मत र प्यारापिट निर्माणमा वर्षेनी धेरै खर्च हुने गरेकोले पनि खर्च वढेको जानकारी गराएका थिए ।
यसैगरी समाजसेवी तारा रोजु सापकोटाबाट प्राप्त एम्वुलेन्सलाई बिहीबारबाट सववहानको रुपमा क्लवले सञञ्चालनमा ल्याएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईयो 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता