चरेससहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज, १३ मङ्सिर (रासस) सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज तीन किलो चरेससहित एक भारतीय नागरिकलार्ई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा भारतको कोलकाताका ३६ वर्षीय इकवाल शेख रहेका छन् । वीरगञ्ज नाकाबाट रक्सौलतर्फ तीन प्लास्टिकमा लुकाइछिपाइ लगिरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तीलकबहादुर खड्काले जानकारी दिनुभयो । शेखलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता