व्यवसायीक मौँरीपालनका लागि इलामकाे राेङ गाउँपालिकामा मौँरी पालन शाखा

इलाम, १४ मसिरः  परम्परागत रुपमा मौँरी पालन हुँदै आएको इलामको रोङ गाउँपालिकामा व्यवसायीकरणका लागि मौँरी विकास शाखा स्थापना भएको छ । कृषि विकास शाखाबाटै कार्यक्रम कार्यान्वयन हुनेगरि गाउँपालिकाले मौँरि विकास शाखा स्थापना गरि व्यवसायीक मौँरी पालनको काम शुरु भएको हो ।
स्थानीय तहमा मौरी संरक्षण र प्रवद्र्धन सुरु गरेको रोङ गाउँपालिकाले पाँच वर्षमा पाँच सय किसानलाई व्यावसायिक मौरीपालक बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष समसेर राईले बाउनुभयो । ‘आर्थिक वर्ष २०७४÷०७५ मा ५ लाख बजेट बिनियोजन गरि मौँरी श्रोत केन्द्रको स्थापना समेत भएको छ , वहाँले भन्नुभयो–‘चालु आर्थिक वर्षको २० लाख बजेटले सबै वडाका किसानलाई व्यवसायीक मौँरी पालनको तालिम प्रदान गरिनेछ ।’ पाँच वर्षसम्म गाउँपालिकाले लगानी गर्ने त्यसपछि मौरी शाखाले स्थापना गरेको मौरीको घार, मह बिक्रिबाट बार्षिक कार्याक्रम संचालनका लागि श्रोत जुटाउने योजना रहेको अध्यक्ष राईले बताउनुभयो ।
मौरी शाखालाई आत्मनिर्भर बनाउन देशभर मौरी र मह आपूर्ति गर्ने योजनासहित गाउँपालिकाले काम सुरु गरेको हो । विषादी प्रयोग घटाएर अर्गानिक गाउँपालिका बनाउने र मौरी स्रोत केन्द्र स्थापनासहित किसानलाई तालिम र मौरीका घार वितरण सुरु गरेको कार्यक्रम संयोजक कुमार मोक्तानले बताउनुभयो ।
मौरी लघु उद्यम कार्यक्रममार्फत चालु आर्थिक वर्षमा ६० जनाले तालिम पाउनेछन् । तालिमपश्चात ३० जना किसानलाई मौरीका घार र आवश्यक सामग्री अनुदानमा सहयोग गर्ने कार्यक्रम रहेको छ । पाँचवटासम्म घार भएका किसानलाई सुरुमा ५० प्रतिशत र अनुगमनका क्रममा प्रगति देखिएमा ७५ देखि १०० प्रतिशतसम्म अनुदान दिने योजना गाउँपालिकाको छ ।
कार्यक्रम सुरु भएसँगै गाउँपालिका कृषकले मौरीपालनमा निकै चासो दिएका छन् । मौरी नपालेका किसानले घार झुन्ड्याउन थालेको छन् । गत वर्ष स्थापित मौरी स्रोत केन्द्रले मह संकलन र बजारीकरणको काम गरिरहेको गाउँपालिका अध्यक्ष शमसेर राईले बताउनुभयो । शुद्ध महको माग बढिरहेको अवस्थामा आफ्नो कार्यक्रम प्रभावकारी रहेको र जनताले समेत रुचाएको अध्यक्ष राईले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत शुद्ध मह उत्पादन, मौरीको स्याहार र महको उत्पादन बढाउने विषयमा किसानलाई प्राविधिक सहयोग गर्ने र ५ वर्षपछि मौरी श्रोत केन्द्र आफैँ आत्मनिर्भर रहनेछ ।
इलामको मौरीपालनका लागि पकेट क्षेत्र मानिएको गाउँपालिकाको वडा नम्बर ६ स्थित जिर्मले प्रख्यात । मौँरी पालनको संभावना सबै वडामा रहेकाले यस वर्ष तालिम र सामग्री वितरण गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष मात्रिका बरालले बताउनुभयो । स्रोत केन्द्र स्थापना भएपछि इलाम आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिने बरालले बताउनुभयो । लामो समयसम्मा मौँरी पालन गर्ने आएका कुमार मोक्तानका अनुसार मौरी संरक्षण र प्रवद्र्धनका लागि स्थानीय तहले गरेको प्रयास इलामका लागी नै पहिलो रहेको छ । नेपाल सरकारले पनि स्रोत केन्द्रको संरक्षण गर्न चासो देखाउनु पर्ने मोक्तानले बताउनुभयो ।
गाउँपालिकाको योजनापछि इलामका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । घरमै आधुनिक घारमा मौरी पालेर राम्रो आम्दानी हुन थालेपछि कृषक मौरीपालनतर्फ आकर्षित भएको इलामको रोङ, इलाम, माइजोगमाई, सूर्योदयमा तत्लो भागमा मौरीपालन हुने गरेको छ । सरकारी तथ्यांकअनुसार इलामका एक हजार ६ सय कृषकले मौरीपालन गरेका छन् त्यसमध्ये रोङ गाउँपालिकको जिर्मलेमा मात्र ५ सय किसानले मौँरी पालन गर्दै आएका छन् । इलाममा वार्षिक २२ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । लाेकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता