राशिफलः आज बिहीबार हेर्नुहोस तपाईको भाग्य

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक १५ गते बिहिवार , ईसवीय सन् २०१८ नोभेम्बर १ ,कार्तिक कृष्ण अष्टमी , सूर्योदय विहान ६ः१४ ,सूर्यास्त बेलुकी ५ः२०, नक्षत्रः अश्लेषा, योगः शुभ, करणः कौलव, चन्द्र राशिः कर्कट
मेषः—यात्राको सामान्य योग रहेको छ । घरपरिवारमा खुशीको माहोल बन्न सक्छ ।
बृषः— नसोचेको ठाउँबाट धन लाभ होला । धार्मिक क्षेत्रमा मन जान सक्छ ।   
मिथुनः— मन चञ्चल हुन सक्छ । स्वास्थ्य कमजोर रहला ।  
कर्कटः—शुभ समाचार सुन्न पाइएला । साथीभाईबाट सहयोग मिल्ला ।
सिंहः— मिष्ठान्न भोजनमा सामेल हुनुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा मन जाला । 
कन्याः— व्यापारमा घाटाको स्थिति आउन सक्छ । कारोबारमा विशेष ध्यान दिनुहोला  ।
तुलाः— आफ्ना मान्छेबाट टाढा रहँदा मन खिन्न हुनेछ । सामान्य चोटपटको भय रहेको छ ।   
बृश्चिकः— कार्यक्षेत्रमा मान,सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ  । खानपानमा समय व्यतित होला ।  
धनुः— अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ सचेत रहनुहोला ।
मकरः—  अध्ययन अध्यापन कार्यमा सामान्य बाधाको योग छ । दैनिक कार्यहरु सम्पन्न होलान् ।    
कुम्भः— विशिष्ठ व्यक्तिहरुको सहयोगमा नयाँ कामको सुरुवात होला । 
मीनः— राजनीतिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्र सामान्य रहला ।         
        “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता