राशिफलः हेर्नुहोस् आज शुक्रबारको दिन कस्तो छ

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक १६ गते शुक्रवार , ईसवीय सन् २०१८ नोभेम्वर २ ,कार्तिक कृष्ण नवमी , सूर्योदय विहान ६ः१४ ,सूर्यास्त बेलुकी ५ः१९, नक्षत्रः मघा, योगः शुक्ल, करणः वणिज , चन्द्र राशि ः सिंह
मेषः—सामान्य चोटपटकको भय रहेको छ । दैनिक कार्यहरु सम्पन्न हुनेछन् । 
बृषः— साहित्यमा लाग्ने योग छ । दिनको मध्यान्नबाट मनमा खुशी छाउला ।    
मिथुनः— शुभ समाचार साथै मनमा हर्ष र उमंग छाउने योग छ । कार्यक्षेत्रमा सामान्य मतभेद रहला। 
कर्कटः—विहानपख मन चञ्चल होला । दैनिक कार्यहरु सम्पन्न होलान् । सामाजिक क्षेत्रमा मन जाला । 
सिंहः—आफन्तजनसँग यात्रामा निस्कनु पर्ला । रोजगारीका नयाँ अवसर प्राप्त होलान् । 
कन्याः—मान,सम्मान र प्रतिष्ठामा बृद्धि होला । भोजनमा सामेल हुने योग रहेको छ ।
तुलाः— अनावश्यक झमेलामा फस्नु पर्ला । घरायसी कार्यमा मन जाला ।  
बृश्चिकः— अध्ययनमा रुची बढ्ला । प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ ।  
धनुः— खानपानमा व्यस्त भइएला । दिनको अन्त्यमा स्वास्थ्यमा खरावी आउन सक्छ । 
मकर ः— धार्मिक क्षेत्रमा मन जानेछ । अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्ला ।     
कुम्भः— सही निर्णय लिन नसक्दा लाभ गुम्ने खतरा छ । प्रेम प्रसंगमा रम्न मन लाग्नेछ ।  
मीनः— अधुरा कामहरु बन्ने योग रहेको छ । वैदेशिक क्षेत्र सामान्य रहला ।          
        “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता