आज शनिबार हेर्नुहोस् तपाईको राशिफल

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक १७ गते शनिवार , ईसवीय सन् २०१८ नोभेम्वर ३ ,कार्तिक कृष्ण एकादशी , सूर्योदय विहान ६ः१५ ,सूर्यास्त बेलुकी ५ः१८, नक्षत्र ः पूर्वफाल्गुनी, योग ः ब्रम्हा, करणः बब , चन्द्र राशि ः सिंह
मेषः— निर्णय लिँदा दिँदा सावधानी अपनाउनुपर्ने देखिन्छ । सामाजिक कामतिर मन जाला ।
बृष ः— मनमा शान्ति छाउला । दैनिक कार्यक्षेत्रमा पदोन्नति हुने सम्भावना छ ।    
मिथुन ः— धार्मिक क्षेत्रबाट लाभ मिल्ने देखिन्छ । आम्दानीका नयाँ स्रोतहरु फेला पर्न सक्छन् । 
कर्कट ः—व्यापारमा जलीय तथा पेयपदार्थबाट लाभ होला । अध्ययन अध्यापन सफल रहला ।  
सिंह ः— मन शान्त होला । दिनभरनै रमाइलो वातावरण मिल्न सक्छ । प्रेममा सफल भइएला ।  
कन्या ः— प्रशासनिक क्षेत्रमा काम गर्नेहरुका लागि दिन शुभ छ । कार्यक्षेत्रबाट लाभ मिल्नेछ । 
तुला ः— राजनीतिक क्षेत्रमा लागे दिन राम्रो छ । परोपकारी क्षेत्रमा सेवा गर्ने अवसर मिल्ने योग छ ।   
बृश्चिक ः— दिनको सुरुवातमा स्वास्थ्य समस्या आउन सक्छ । टाउको र हड्डीको समस्याले सताउन सक्छ । खानपानमा विशेष ध्यान दिनुहोला । 
धनु ः— विशिष्ठ व्यक्तिको सहयोगले नयाँ कामहरु बन्न सक्छन् । वैदेशिक क्षेत्र शुभ रहेको छ । 
मकर ः— सजिलै अरुको मन जित्न सकिनेछ । प्रसंसा गर्नेहरु बढ्नेछन् । साहित्यमा ध्यान जाला ।     
कुम्भ ः— विहान सामान्य घरायसी समस्याहरु आएपनि दिनको मध्यान्नबाट समाधान हुने छन् । 
मीन ः— आँटेका र तोकेका कार्यहरु सम्पन्न होलान् । दैनिक कारोवारहरु सामान्य रहला । घरमा शुभकर्म सम्पन्न होलान् ।            
                  “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता