आज आइतबार हेर्नुहोस् तपाईको राशिफल

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक १८ गते आइतवार , ईसवीय सन् २०१८ नोभेम्वर ४ ,कार्तिक कृष्ण द्वादशी , सूर्योदय विहान ६ः१६ ,सूर्यास्त बेलुकी ५ः१९, नक्षत्रः उत्तरफाल्गुनी, योगः वैधृति, करणः कौलव , चन्द्र राशिः कन्या
मेषः— आर्थिक कामहरु गर्दा आज दिन शुभ छ । मनमा हर्ष र उमंग थपिएला ।  
बृषः— आफन्तजनबाट सहयोग मिल्नेछ । अध्ययनमा रुची होला ।     
मिथुनः— राजनीतिक क्षेत्रबाट टाढा रहनु उचित हुनेछ । धार्मिक क्षेत्रमा मन जाला । 
कर्कटः— स्वास्थ्यमा केही समस्या आउन सक्छ । कार्यक्षेत्रमा दैनिक कामहरु सामान्य रहला ।   
सिंहः— दौडधुपमा सामेल हुनुपर्दा मन चञ्चल हुनेछ । प्राविधिक कामबाट सफलता मिल्ने योग रहेको छ ।  
कन्याः— वैदेशिक क्षेत्रबाट सोचेजस्तो लाभ उठाउन सकिने छ । परोपकारमा ध्यान जाला । 
तुलाः— व्यापार व्यवसाय शुभ रहला । सेयरबजारबाट लाभ मिल्नेछ । 
बृश्चिकः— अरुका कार्यहरुमा दौडधुप मच्चाउनु पर्ने देखिन्छ । दिनको अन्त्यमा सामान्य धन लाभ होला ।  
धनुः— घरायसी कार्य गर्दा विशेष ध्यान दिनु होला । प्रसंसा गर्नेहरु बढ्नेछन् । 
मकर ः— कार्यक्षेत्रमा शत्रुबाधा हुन सक्छ । मानशिक चिन्ताले गाँज्ने देखिन्छ ।       
कुम्भः— सम्पति जोड्ने समय छ । सन्तान सुख मिल्ने योग रहेको छ । 
मीनः— कलाकारिताका क्षेत्रमा अघि बढ्न सकिनेछ । छातीमा सामान्य समस्या आउन सक्छ ।             
                  “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता