
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक २५ गते आइतवार , ईसवीय सन् २०१८ नोभेम्वर ११ ,कार्तिक शुक्ल चतुर्थी,सूर्योदय विहान ६ः२१ ,सूर्यास्त बेलुकी ५ः१३, नक्षत्रःमूल, योगः सुकर्मा, करणः वणिज, चन्द्र राशि : धनु
मेषः— व्यवसायमा केहि आर्थिक समस्या आउन सक्छ । नजिकको मित्रले धोका देला ।
बृषः— मन चञ्चल हुनेछ । दिनको अन्त्यमा यात्राको सम्भावना रहेको छ ।
मिथुनः— दाजुभाईको सहयोगले काम बन्न सक्छ । कलाले अरुलाई प्रभाव पार्ने योग रहको छ ।
कर्कटः— साहित्य तथा स्वाध्यायनमा मन जाला । दिनको मध्यमा केहि धन लाभ होला ।
सिंहः— शुभ खबर सुन्न पाइनेछ । स्वास्थ्य सामान्य रहला ।
कन्याः— लेनदेनमा केहि सावधानी अपनाउनु पर्ने देखिन्छ । धन गुम्ने खतरा रहेको छ ।
तुलाः— सामाजिक प्रतिष्ठामा बृद्धि होला । भोज भतेर तथा कार्यक्रममा भाग लिन पाउने अवसर रहेको छ ।
वृश्चिकः— विशिष्ठ व्यक्तिलाई प्रभावमा पारेर काम बन्न सक्छ । मिठो भोजनमा सामेल हुनु पर्ने देखिन्छ ।
धनुः— आफन्तजनबाट आशा गरेअनुसार सहयोग नमिल्न सक्छ । भेटघाटको माहोल सिर्जना होला ।
मकरः— मित्रबाट धोका होला । सोचेअनुसार समयको सदुपयोग नहोला ।
कुम्भः— वैवाहिक जीवन सामान्य रहला । अभिभावकको सुझावले काम बन्न सक्छ ।
मीनः— घरमा धार्मिक कार्यहरु सम्पन्न होला । अनावश्यक आरोप लाग्न सक्छ सजग रहनुहोला ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”