आज बिहीबार हेर्नुहोस् तपाईको राशिफल




श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,शरद्रृतौ, वि.सं. २०७५ कार्तिक २९ गते बिहीबार , ईसवीय सन् २०१८ नोभेम्वर १५ ,कार्तिक शुक्ल अष्टमी,सूर्योदय विहान ६ः२४ ,सूर्यास्त बेलुकी ५ः११, नक्षत्रःश्रवण, योगः वृद्धि, करणः वणिज, चन्द्र राशिः मकर
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)ः— गरेका कामबाट त्यति लाभ मिल्ने देखिँदैन । मन अशान्त रहला ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः— आफन्तजनको सहयोगमा कामहरु बन्न सक्छन् । सुन्दरतामा मन जाला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)ः— राजनीतिक क्षेत्रमा केहि हद सम्म प्रगति होला । दिनको अन्त्यमा सामान्य स्वास्थ्य समस्या आउन सक्छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः— गुमेको धन लाभ होला । खर्च भन्दा आयमा बृद्धि होला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः— घर परिवारबाट असन्तोस होला । धार्मिक यात्राको सम्भावना रहेको छ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)ः— शत्रु भय रहेको छ । प्रेम प्रसंग राम्रै रहला ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)ः— चोटपटकको भय रहेका छ । बोल्दा सचेत रहनुहोला ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)ः— कार्यक्षेत्रबाट प्रसस्त लाभ होला । प्राविधिक क्षेत्र तपाईको आज राम्रो रहेको छ ।   
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)ः— भाग्यमा चमक आउनुका साथै मनमा हर्ष र उमंग बढ्ने समय रहेको छ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)ः— पेशा तथा व्यवसायमा पदोन्नति हुने सम्भावना रहेको छ । आँटेका र तोकेका काम पुरा होला ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)ः— अध्ययन अध्यापन कार्यमा प्रगति होला । साहित्य र कलामा मन जानेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)ः— खर्चभार अधिक होला । लाभ हुने ठाउँबाट सामान्य अपयश आउने सम्भावना रहेको छ ।
                  “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता