फक्तालुङ र जितपुर युनाइटेड फाइनलमा भिड्दै

  • बिमल अधिकारी 

२८ कार्तिक  देउमाइ: इलाम देउमाइ नगरपालिकाको वार्ड न ९ मा जारी पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा फाल्गुनन्द स्पोर्टिङ देनपा ९ लाइ ० का बिरुद्ध १ गोल गर्दै जितपुर युनाइटेड बिजयी भएको छ। त्यस्तै दोश्रो खेलमा फक्तालुङ स्पोर्टिङले १ का विरुद्ध ३ गोल गर्दै अजम्बरे बौद्ध स्पोर्टिङ देनपा ८ लाई पराजित गरेको हो। 
आगामी कार्तिक ३० गते हुने फाइनल खेल फक्तालुङ र जितपुर युनाइटेड बिच हुने आयोजक समितीका बिल ब पत्रे ले बताउनु भयो।इलाम र  झापाका गरि जम्मा २० टिमको सहभागिता रहेको खेलको बिजेताले नगद रु एकाउन्न हजार, उपबिजेताले रु एकतिस हजार, 
 त्यस्तै उत्कृष्ट गोल रक्षक, सर्बाधिक गोलकर्ताले ट्रफि मेडल तथा प्रमाणपत्र पाउने छन।जितपुर माबीको खेल मैदानमा संचालित खेलको फाइनल भने कार्तिक ३० गते हुने छ।नेपाली काङ्ग्रेस इलामका डम्मर खड्का ले प्रथम पुरस्कार,निर्माण ब्यबसायी संघ इलाम अध्यक्ष सुबास चिपालुले दोश्रो पुरस्कार प्रायोजन गरेको खेल को अ्म्पायर ब्यबस्थापन बापतको खर्छ भने बिब्ल्याटेका ब्यबसायी कृष्ण पौडेलले प्रायोजन गरेको बताइएको छ। नेपाल तरुण दल जितपुरले आयोजना गरेको प्रतियोगिता जितपुर माबीको खेल मैदानमा भइरहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता