जैमिनी गोत्रीय घोडासैनि समाजको केन्द्रीय समिति गठन, इलामले पायो कोषाध्यक्षको जिम्मेवारी

  • बिमल अधिकारी 

२८ कार्तिक  देउमाइः कैलाली जिल्लाको लम्किचुहा नगरपालिकामा अछामका तुलाराम उपाध्याय घोडासैनीलाइ केन्द्रिय अध्यक्षमा चयन जैमिनी गोत्रीय घोडासैनी समाजको गोत्रीय सम्मेलन सम्मेलन सम्पन्न भएको छ। समितीका पदाधिकारीहरुमा क्रमश बरिस्ठ उपाध्यक्ष दिलिप घोरासैनी सिन्धुपाल्चोक,उपाध्यक्ष भिम घोर्साने झापा, गिता आचार्य घोरासैनी कैलालि,
सचिब नारायण प्र घोडासैनी काठमाडौ र कोषाध्यक्षमा इलामका युबराज घोर्साइ  रहेका छन।
२१ सदस्य केन्द्रिय समिती रहेको समाजले आगामी दिनमा प्रदेश समिती, जिल्लार  नगर समिती गठन गर्ने साथै साधारण सदस्यता बितरण गर्दै जाने नबनिर्वाचित समितीका कोषाध्यक्ष युबराज घोर्साइले बताउनु भयो। बागलुङ जिल्लामा अबस्थित जैमिनी ऋषिले तपस्या गरेको स्थल जैमिनीघाटमा आगामी बैशाख मसान्त सम्ममा माहायज्ञको आयोजना गर्ने बताइएको छ। पुर्ब साम्सद रङनाथ जोशी घोडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देश तथा बिदेशका जैमिनी गोत्रीय बन्धु हरुको उपस्थिति रहेको बताइएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता