पानीटारका लालबहादुर आफैले पेटमा चक्कु हानेर गम्भिर घाइते

इलाम, २८ कार्तिकः इलामको पानीटारमा आज बिहान एक  बृद्धले आफ्नै घरमा आफैले पेटमा चक्कु प्रहार गरेका छन् । इलाम जिल्ला देउमाई - ४ पानिटाटर बस्ने बर्ष ७६ को लाल बहादुर कटुवालले आफ्नै पेटमा चक्कु प्रहार गरी धाईते भएका हुन  । उनलाई  आफन्त तथा स्थानीय मानिसले चक्कु प्रहार गरेको देख्न साथ प्राथमिक उपचार गरी थप उपचारको लागी झापा स्थित बि एण्ड सी अस्पताल पठाएको छ । घईतेको  अवस्था गम्भिर रहेको छ ।अब म धेरै बर्ष बाचे र बाच्च मन नभएको कारण मर्नको लागी प्रयास गरेको धाईतेले बताएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता