अनाथलयको भवन निर्माणको लागि रकम संकलन शुरु, अहिले सम्म दुई लख वढी संकलन

इलाम, २८ कार्तिकः इलाममा रहेको राहसल बाल अनाथलयको भवन निमार्णको लागि शुरु भएको अभियानमा रकम संकलनको काम तिव्र भई रहेको छ । स्रोत व्यवस्थापन समितिको खातामा बुधबार सम्ममा २ लाख ५ हजार आठसय पचास रुपयाँ जम्म भई सकेको समितिले आज बैठक वसेर सर्वजनिक गरेको छ । 
इलामको गोलाखर्कमा सञ्चालित अनाथलयमा अहिले १५ जना बालबालिका अश्रित छन् । बालबालिकाको लागि आवासको आभाव भए पछि आश्रमले स्रोत व्यवस्थापनको अभियानको थालनी गरेको हो । आश्रममा रहेका बालबालिकाको उमेर वढदै गए पछि कोठाहरुको झन अभाव हुने देखिए पछि व्यवस्थित भवन निमार्णको लागि आश्रमले रकम संकलन गरिरहेको छ । 
स्रोत व्यवस्थापन समितिका संयोजक चन्द्र राईले सहयोगि मनहरुले सहयोग गर्दै हुनुहुन्छ अझ सहयोगको अपेक्षा सहित यो अभियान सञ्चालन गरेको र  सम्पूर्णलाई सहयोगको अपिल पनि यसै समचार मार्फ गर्नु भएको छ । स्रतो व्यवस्थापन समितिले इलाममा रहेको सन् राइज बैंकमा खाता खोलेर रकम संकलन गरिरहेको छ । सहयोगि मनहरुले सन् राईज बैंकको खाता नं. ०१२०४९६४६०७०१००१ मा रकम जम्मा गरेर सहयोग गर्न सक्नु हुने छ ।
हाल सम्म सहयोगीको नामः
१. कल्पना राई रु. ८००।–
२. टीका दत्द प्याकुरेल रु. २,०००।–
३. तिला सुब्बा रु. ५,०००।–
४. देविका लिम्वु रु. ५,०००।–
५. ऋदी थापा रु. १०,०००।–
६. ऋद्यय राज थापा रु. ११,०००।–
७. कमल बोहोरा (गोविन्द) रु. ४२,०००।–
८. छिरविरे समुह इलाम रु. ५,०००।–
९. सम्झना सुब्बा रु. १,००,०५०।–
१०. किशोर गंगा बराल रु. २५,५००।–
जम्मा रु २,०६,३५०।–
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता