सांसदको ४ करोड बजेट इलामको कहाँ कति ? सूचिसहित

संघिय संसदले बिनीयोजना गरेको रकमबाट सांसदले आफनो निर्वाचन क्षेत्रमा गरीने योजना र बजेट छुटयाउने समय सकिन लाग्दा इलामबाट निर्वाचित नेकपा नेताद्धय झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङले योजनाको छनोट गर्नुभएको छ । नेताद्धयले चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको छनौट गर्नुभएको हो । 
संघीय सांसदले चार करोड रुपैयाँ बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट गरिसक्नुपर्नेछ । छनोट भएका योजना कार्यान्वयनको लागि सरकारले स्थानीय तहलाई रकम विनियोजन गर्नेछ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको योजना छनोट गरीएको हो । संघिय सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्नका लागि चार करोडका दरले बजेट छुट्याएको हो । सो क्रममा इलाममा नेताद्वयले आफ्नो निर्वाचन क्षेत्रको लागि उक्त बजेट बराबरको योजना छनोट गर्नुभएको हो । जनसंख्या र वडा संख्याको आधारमा स्थानीय तहलाई रकम छुट्याएर त्यसबाट सञ्चालन हुने योजना छनौट गरेको बताइएको छ ।
 जिल्लाको एक नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित झलनाथ खनालले सूर्योदय नगरपालिकामा एक करोड ४० लाख, माइ नगरपालिकाको सातवटा वडाको लागि ७० लाख, रोङ, माइजोगमाई, सन्दकपुर र गाउँपालिकालाई ६०÷६० लाख रुपैयाँका दरले रकम बिनीयोजन गरीएको छ । इलाम नगरपालिकालाई भने १० लाख रुपैयाँ विनियोजन गरिएको छ । इलाम नगरपालिकाको वडा नम्बर १० मात्रै खनालको निर्वाचन क्षेत्रमा पर्छ । यस्तै जिल्लाको दुई नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङले इलाम नगरपालिकाको लागि ९० लाख,, देउमाई नगरपालिकाको लागि ८३ लाख, माई नगरपालिकालाई ३२ लाख तथा चुलाचुली फाकफोकथुम र माङसेबुङ्ग गाउँपालिकालाई भने ६५ लाख रुपैयाँका दरले रकम विनियोजन गगरीएको छ । स्थानीय तहलाई विनियोजन भएको रकमबाटै योजना छनोट गरीएको छ । 
खनालले २० वटा र नेम्वाङले १७ वटा योजना छनोट गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यबिधिले दुई वटा ५० लाख रुपैयाँ भन्दा बढिको योजना अनिवार्य छनोट गर्नुपर्ने ब्यवस्था छ । खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि ७० लाख रुपैयाँ विनियोजन गर्नुभएको छ । यस्तै सूर्योदय नगरपालिकाकाले विद्युतीकरणको लागि ५० लाख बिनीयोजन गर्नुभएको छ । नेम्वाङले मेची राजमार्ग नजिकको इन्टेक देखि साङ्गरुम्बा हुँदै गाग्रेभञ्याङ्ग जोड्ने सडकको लागि ८० लाख, माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि ५० लाख रुपैंयाँ बिनीयोजन गर्नुभएको छ । खनाल र नेम्वाङले छनोट गरेको अधिकांश सडकका योजना छन् । विद्युतीकरण, खेलमैदान, मन्दिर, सिचाई आयोजना स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रममा परेका छन् । 
झलनाथ खनाल निर्वाचित इलाम क्षेत्र नं १ मा बिनीयोति बजेट र योजना 
स्थानीय तहमा
१) सूर्योदय न.पा. १४० लाख
२) इलाम न.पा. १० लाख
३)  माई न.पा. को ७ वटा वडामा रु ७० लाख ४। रोङ्ग, माईजोगमाई र सन्दकपुर गाउँपालिकालाई प्रत्येकलाई रु ६० लाख क) इ.न.पा. को विद्युत सब स्टेशन देखी करफोक खोला सम्मको सडक स्तरोउन्नती गर्न १० लाख ।
ख) माई न.पा. वडा न. ४ लखन थापा चोकदेखि शुक्रबारे हुदै नगरपालिका सम्मको सडक कालोपत्रे निर्माण गर्न रु ७० लाख ।
ग) रोङ्ग गा.पाको मुख्य कार्यालयबाट वडा नं. १ र २ जोडने सडक निर्माण रु १० लाख
घ) बर भज्याङ्ग, तिलहारे दुम्से साधुटार झापा सड्क रु १० लाख
ङ) विद्युतीकरण कार्यक्रम वडा नं. ३, ४ र ५ रु ३० लाख
च) हरकटे धजे सलकपुर निन्दा सडक वडा नं. ६ रु १० लाख ।
माईजोगमाई गा.पा.
१ सिस्ने सोमबारे आरुगोलाई हाइडूो जोडने सड्क बिस्तार रु १० लाख
२. खडग गोलाई, देउसालीगाउँ, रातोमाटे प्याङ्ग जोडने सड्क बिस्तार रु १० लाख ।
३. टारी शुक्रबारे बजार, गडरे, सोयाङ्ग जोडने सडक बिस्तार रु १० लाख ।
४. बज्रदेवी हातिटार माङ्गचोक सडक विस्तार रु १० लाख ।
५. गुम्वा डाँडा खोल्मे घारेगाउँ, सरसिङ्ग अधेरी जोडने सड्क बिस्तार रु १० लाख ।
६. विद्युत विस्तार १ वडा मात्र रु १० लाख ।

सन्दकपुर गा.पा.
१. देउराली गैरीगाउँ जमुना जौवारी सडक स्तोरउन्ती रु ६० लाख ।
सूर्योदय न.पा.
३. फोहोरमैला व्यवस्थापन पुर्वाधार निर्माण रु २० लाख
४. रुङसुङ्ग भिम ज्योति देखि गोर्खे आर्चाय बैदाङ्ग गाउँहुदै मानेडाँडा सडक बिस्तार रु १० लाख ।
५. बौद्धधाम कटेवुङ्ग सिद्धिखोला श्रीअन्तु सडक बिस्तार रु २० लाख ।
६. कन्याम चियाँफ्याक्टूी हुँदै खड्का गाउँ, सिगम, विरिङ्गखोला सम्मजोडने सडक बिस्तार रु १५ लाख ।
७. विद्युतीकरण सूर्योदय नगरपालिका रु ५० लाख ।
८. स्वच्छ खानेपानी मुहान तथा वातावरण सरक्षण वडा नं। ९ रु १० लाख ।
९. हरकटे, रम्याङ्ग सलकपुर हुदै निन्दा जोडने सडक स्तरोन्नति रु १५ लाख ।
सुबासचन्द्र नेम्वाङ निर्वाचित इलाम क्षेत्र नं २ मा बिनीयोजित बजेट र योजना 
स्थानीय तहमा
१. इलाम न.पा. ९० लाख
२. देउमाई न.पा. ८३ लाख
३. माई न.पा. को वडा नं ६,७,८ सावीक दानावारी गाविस रु ३२ लाख
४. चुलाचुली फाकफोथुम, माङसेवुग गाउँपालिकालाई प्रत्येकलाई रु ६५ लाख
१) इलाम नगरपालिका मेची राजमार्ग इन्टेक सांगरुम्वा हुदै गाग्रेभज्याग सम्म जोडने ९(१२ इ.न.पा. ८० लाख स्थानीय सहभागिता ३० प्रतिशत ।
२) वेतेनी चिहानडाँडा नागेटार वडा न ३ सम्म रु १० लाख ३० प्रतिशत स्थानीय जनसहभागिता
३) माई नं.पा. ६ पवित्र हाङमा हुदै सुसुलिग मागसेवुग जोडने सडक रु १० लाख ।
४) माई न.पा. ७ विरेन्द्र आव भवन निर्माण रु १२ लाख ।
५) माई न.पा. ८ शिवालय मन्दिर निर्माण रु १० लाख ।
   फाकफोथुम गा.पा.
१) सल्लेरीफेदी हुदै आचेरे दोभान सडक रु ३० लाख
२) सिंहदेवी मा.वि. शिकारी भज्याङ बजार आसपास पूर्वाधार (खेलमैदान) निर्माण रु २५ लाख
३) ठिगेपुर निमावि भौतिक पुर्वाधार निर्माण रु १० लाख
देउमाई न.पा.
१) ग्याली भन्जायाग रत्न सुरुग जेठी खर्क फलाटे सड्क स्तरउन्नती रु २५ लाख
२) ठूलो चौरी राना चोक फुटुक ओजले सड्क रु ३० लाख
३) पालसेन डुव्लिग गुम्बा ९सिद्धिथुम्का० रु १८ लाख
४) सुर्के सिचाई आयोजना संचालन रु १० लाख ।
५) माङसेवुङ्ग गा.पा.
१) माङसेवुङ्ग गा.पा. बिधुत बिस्तार कार्यक्रम रु ५० लाख
२) माङसेवुङ्ग गा. पा. वडा न १ सदन खोप डुहोडाडा, देउराली लामिडाँडा रु १५ लाख
३) माङसेवुग गा. पा. वडा न ४ सर्चेबुग सिङफेरो मजुवा रु १५ लाख
४) चिसापानी पन्चमी झेपाले रमिते वाझोगाँउ टोडके कुसुण्डेसम्म रु २० लाख
६) राँके गैडे सडकको इमाङ्ग खण्ड सडकको ट्याक खोल्ने रु १० लाख
चुलाचुली गा.पा.
१) कोलडाडा शिखरकटेरी फुइके सडक रु ४० लाख
२) बुढीझोला खोला अधुरो पुल बाँकी काम सम्पन्न गर्ने रु १३ लाख
३) बेलडागी बुकुवा सडक कल्भर्ट निर्माण रु १२ लाख
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता