इलाम


सुन्दरताको प्रतीक हाम्रो सहर इलाम
पर्यटकले गर्छन् सधैं पानिटरलाई सलाम
सिद्दिथुम्का गई हेर्छन् सबै घामको पहिलो किरण
लालीगुराँस फुल्दारैछन् मंगलबारे सिरान
गजुरमुखी जान पाउँदा भए म खुसी
पीर व्यथा मेटाइ दिन्छिन् गजुरमुखी देवी
इलामको डाँडाकाँडा हरियो चियावारी
रमाइलो लाग्छ मलाइ पहाडकी परी
नौ कुने माइपोखरी साह्रै राम्रो रैछ
राता पहेंला माछाले मनै चोर्दो रैछ
प्रेमको कसम खाने, नारायण थानको मन्दिर
बस्न पायौ इलाममा कति राम्रो तकदीर
सिंहबाहिनीको आशिर्वादले हामी सँधैं सुखी
डाँफे मयुर नाच्छ यहाँ सँधैं लुकी लुकी
पाथीभरादेवी सँधैं भाकल पूरा गर्छिन्
इलाम छोड्दा माइखोला आँशु झार्दै झर्छिन्।
-सिताराम फुयल।
मंगलबारे, इलाम
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता